बलदेवको सल्लाहकार आपूर्ति केन्द्र

योगिष कृष्ण

बलदेवले सोध्योदाजु, हाम्रो पढेलिखेको भतिज छ, ऊ भन्छएउटा विजिनेस शुरु गरौँ । मालामाल होइन्छ । उसको कुरा सुनेपछि  लाग्योकुरा ठिक छ, यो मुलुकमा टिक्छ ।तिमीले एउटा विज्ञापन तयार गरिदेऊ ।

अनि खेतीपथारी कसले गर्छ नि ?” उसको स्वरमा चिन्ता झल्किन्थ्यो ।तिमी समाचार हेर्ने पढदैनौ कि के हो ? मानिसको त कुरै छाडिदेऊ,बन्दाकोबी भैंसीले पनि खाँदैन । टमाटर फलाउँदै अनि जोत्दै के गर्नू । उस पारका किसानलाई उताको सरकारले यति न फेसिलिटी दिएको छ  त्यसमाथि हाम्रो सरकारले भन्सार छुट । धेरै सस्तो छ । दुईचार पैसा नाफा जोडेर उतैको तरकारी बिक्री गर्नु र फुर्सदमा `हाम्रो देश कृषी प्रधान देश भनेर भासन गर्नु  ठिक। धान गहूँको लागि मल किन्न खोज्यो भने दुई बरिस पुरानो कृषि मन्त्रीले भनेको मल अहिले सम्म भेटेको छैन  । मन्त्री र गेनारी सागमा केही फरक छैन । त्यसैले यो बिजनेस गर्ने तयारीमा छु ।

बलदेवलाई सम्झाउन सक्ने कुनै आधार थिएन । उसले बिजिनेसको बारेमा बतायोतिमीलाई थाहै छ । हाम्रो देशमा जताततै सरकार छ  । दारु भट्टीमा झैझमेला हुँदा सुनिन्छतँ मलाई चिन्छ्स्, स्थानीय सरकारको सदस् हुँ । अर्कोले भन्छअघिल्लो पटक तेरो ठाउँमा म नै थिएँ । अलिकति अन्तर्घात भयो, नत्र यस पटक पनि म नै हुन्थेँ । झगडा छुट्ट्याउनेले भन्छअर्को पटक त मेरो पालो । यो साल  आफैंलाई विश्वास थिएन । आगे चुनावमा सबको `घन्टी´ बजाइदिन्छु ।

उसको बानी नै यस्तो छ । सिधा कुरा गर्नै जान्दैनदाजु, म चाहन्छु सल्लाहकार सप्लाईको व्यापार गरौँ । कुनै पनि मानिस सार्वजनिक पद धारण गर्नासाथ उसको दिलले दुईटा पिए को माग गर्छ । घर, ससुराली र पार्टीबाट पिएको आपूर्ति भैहाल्छ । त्यसपछि दिलले धिकार्न थाल्छएक आध दर्जन सल्लाहकार पनि छैन,  यो जिनगी, के जिन्गी  । तिमी नै सोच जसलाई संविधानले केही अधिकार दिएकै छैन,  तिनका त एक आध दर्जन सल्लाहकार छन् भने सरकारको त कुरै छाडिदेऊ । दाजु, एउटा गोप्य कुरा । कसरत सल्लाहकारमा तिम्रो भाइको नियुक्ति हुन सक्छ । कतिपय सल्लाहकार रखाइको मलाई चित्त बुझेको छैन । संचार सल्लाहकारकै कुरा गर । जम्मा एउटाले थोडै न काम चल्छ । कम से कम रेडियो, छापा, टिभी,अनलाईन ,मोबाइल , सोसल मेडिया सल्लाहकार होस् । जस्तो; कसैलाई कसरत सल्लाहकार चाहिन्छ भने पहलमानी, यौगिक, एरोबिक, चिनियाँ, जापनिज सब चाहियो नि । कृषि सल्लाहकार पनि त्यही अनुरूप हुनुपर्‍योआलु सल्लाहकार, पिंडालु सल्लाहकार, टमाटर, धनिया, पुदिना, धान, गहूँ आदी इत्यादि । दाजु, विभिन्न भेराइटीका  सल्लाहकार सप्लाइ गरेपछि हाम्रो धन्दा चल्छ कि चल्दैन ? यसबाट केही न केही बेरोजगारी पनि घट्छ । त्यसमाथि सबसे उम्दा त भ्रस्टाचारबाट कसरी जोगाउने त्यसको भित्रिया सल्लाहकार हुन्छ । यसको एक्स्ट्रा चार्ज लिने । दाजु ,एउटा विज्ञापन बनाइदेऊ न ।

मैले उसलाई हपारेँनचाहिने खर्च किन गर्ने  ?  उसले भन्योटोलपिच्छे स्वागत द्वार, वडा वडामा भ्यूटावर बनाउन हुन्छ भन्ने सल्लाहकारमा खर्च गर्न किन नहुनू?”

ऊसँग तर्क गर्न मसँग उचित जबाफ थिएन । मैले यस्तो विज्ञापन बनाएर सुनाएँसमृद्धि र नयाँ  नेपाल निर्माणका लागि भरपर्दो सल्लाहकार आपूर्तिका लागि हामीलाई सम्झनुहोस्। देश र जनताको विकास हाम्रो प्रण ।

बलदेवको व्यापारका लागि तपाईंको केही सुझाव छ ?

  • १९ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !