चलचित्रको निर्माण घट्दो

आजभोलि

काठमाडाैं । वर्षको तुलनामा यस वर्ष चलचित्रको निर्माण सङ्ख्या घट्ने भएको छ । गत वर्षको तुलनामा यस वर्ष छायाङ्कन भइरहेको चलचित्रको सङ्ख्या कम देखिन्छ । त्यसो त पानी पर्ने समय भएकाले पनि यो समयमा ‘स्टुडियो’भन्दा बाहिर छायाङ्कन सहज हुँदैन ।

यद्यपि सङ्ख्याकै हिसाबमा पनि कम देखिएको निर्माताको छाता सङ्गठन नेपाल चलचित्र निर्माण सङ्घका अध्यक्ष नवल खड्काले बताए । उनले भने, ‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।’ यस अगाडि पनि चलचित्र निर्माणमा लागत बढिरहेको सन्दर्भमा निर्माता सङ्घले चिन्ता व्यक्त गरेको थियो ।

‘निर्माण लागत विविध कारणले बढिरहेको छ । बजारबाट न्यूनतम आउने व्यापारको कुनै मापन नै छैन’, उनले भने । निर्देशक ज्ञानेन्द्र देउजाले अहिले बजार बुझ्न सहज नरहेको बताए । ‘पहिला चलचित्र निर्माण भएर प्रदर्शन हुँदा यतिसम्म लगानी फिर्ता हुन्छ भन्ने अनुमान गर्न सकिन्थ्यो । हामीले राख्ने कलाकारकै कारण वितरकबाट उठ्ने लागत पनि थियो । अहिले त्यो छैन’, निर्देशक देउजाले भने ।

उनी पनि चलचित्रको पटकथामा व्यस्त छन् । चलचित्र व्यवसाय मात्र होइन, निर्माण पनि घट्न थालेको छ । अहिले भने ‘ह्यासट्याग माया’, ‘दिमाग खराब’, ‘देववाणी’ लगायत केही चलचित्र छायाङ्कनमा छन् । केही निर्माता पर्ख र हेरको अवस्था रहेको बुझिन्छ ।

आउँदो भदौबाट सम्भावना बोकेका नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुँदैछन् । तिनले गर्ने व्यापारले पनि चलचित्र क्षेत्रको मार्गनिर्देश गर्ने नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताए । ‘अहिले चलचित्र भवनमा धेरै तथ्य बुझेर आउने गरेको पाएको छु । चलचित्र हेर्न जाउँ भनेर आइहाल्ने दर्शक कम हुनुहुन्छ’, उनले भने, ‘दसैँ आसपासका चलचित्रले राम्रो व्यापार गरेमा निर्माणमा तिब्रता आउने छ ।’ चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष विसं २०७९ मा नेपाली ५२ चलचित्र प्रदर्शन भएका थिए ।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !