दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि

आजभोलि

अफगानिस्तान । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।

अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिएका हुन् ।

सरिपुलितले भने, ‘सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ ।’ अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानूनको कठघरामा ल्याउन आग्रह गरेकी छिन् ।

अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताए ।

गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ८७ जना एक्कासी बिरामी परेपछि उनीहरूलार्ई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी बिष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !