माटोको भाँडोमा जमाएको दही खानुका फाइदा

आजभोलि

काठमाडौं । पोषक तत्वले भरपूर माटोको भाँडोलाई प्राकृतिक माटोबाट बनाइएको हुन्छ । त्यसैले यसमा क्याल्सियम, आइरन तथा म्याग्नेसियम जस्ता कैयौं पोषक तत्वहरु पाइन्छन् ।

जब दही माटाको भाँडोमा जमाएर राखिन्छ तब सबै पोषक तत्वले दहीलाई अझै पौष्टिक बनाउँछन् ।

स्वादमा फरक

माटोको भाँडोमा जमाइएको दहीको स्वाद नै फरक हुन्छ । यो अन्य दहीभन्दा स्वादिष्ट हुन्छ । किनकी यसमा थोरै माटोको स्वाद पनि जोडिएको हुन्छ । त्यसो त दुग्धजन्य पदार्थहरू प्राकृतिक रूपमै एसिडिक हुन्छन् । तर, जब तपाईं माटोको भाँडो दही जमाउनुहुन्छ त्यसपछि यसको अम्लीयपनलाई सन्तुलित गर्न सजिलो हुन्छ ।

प्रोबायोटिक्सको मात्रा धेरै

माटोको भाँडोमा जमाएको दहीमा प्रोबायोटिक्सको मात्रा धेरै हुन्छ । प्रोबायोटिक्स आन्द्राको स्वास्थ्यका लागि स्वस्थकर ब्याक्टेरिया मानिन्छ जसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

त्यस्तै, रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउँछ । यसबाहेक माटोको भाँडोमा जमाएको दहीमा पानीको मात्रा पनि कम हुन्छ । जसले गर्दा दही धेरै गाढा हुन्छ । एजेन्सी

  • २३ जेष्ठ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !