‘नेपाल डे’मा गायक सुगम पोखरेलले साङ्गितिक प्रस्तुति दिने

एभरेट सिटिका मेयरले भने छुटाउनै नहुने कार्यक्रम

आजभोलि

बोष्टन । अमेरिकाको बोष्टन सहर नजिकैकै एभरेट सिटिमा हुन लागेका ‘नेपाल डे’मा गायक सुगम पोखरेल सहभागि हुने भएका छन् । कार्यक्रममा गायक पोखरेलको साङ्गितिक प्रस्तुति रहने भएको छ ।

ग्रेटर बोष्टन नेपाली कम्युनिटी ( जीबीएनसीले नेपाल डे आयोजना गर्ने भएको हो । आइतबार अगष्ट ६ एभरेट सिटिमा नेपाल डे आयोजना हुने जीबीएनसीले जनाएको छ । जिबिएनसि ३४ बर्ष अगाडि स्थापना भएको बोष्टन आसपास बसोबासगर्ने नेपालीहरूको संस्था हो।

संस्थाले विगतदेखि नेपाल डे आयोजना गर्दै आएको छ। एभरेट सिटिसँग सहकार्य गरिएको यस कार्यक्रम एभरेट सिटिस्थित एभरेट हाइस्कुलसंगैको ठुलो ग्रेण्डल पार्क प्राङ्गणमा आयोजना हुने छ ।

कार्यक्रमा नेपाली खानाको फुडस्टल, नेपाली संस्कृति झल्कने झांकी, हस्तकलाका सामग्री, गरगहना, कपडा तथा स्थानीय कालाकारहरूको साङ्गितिक प्रस्तुति समेत रहने संस्थाले जनाएको छ । कार्यक्रम अपराह्न १२ देखि साँझ ६ बजेसम्म जारी रहने जीबीएनसीले जनाएको छ ।

यसैबीच एभरेट सिटिका मेयर कार्लो डिमारियाले जीबीएनसीसँग नेपाल डे कार्यक्रमा सहकार्य गर्न पाउँदा खुसी लागेको जनाएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत कार्यक्रममा नेपाली खाना सांगितिक प्रस्तुति रहने हुँदा कार्यक्रममा छुटाउन नहुने भनेका छन् ।

अमेरिकामा नेपाली भाषा संस्कृती चिनाउनको लागि यस्तो कार्यक्रम आयोजना गरिदैआएको संस्थाले जनाएको छ । अघिल्ला वर्षहरूमा नेपाल उत्सवको नाममा समरभिल सिटिमा कार्यक्रम गरिदै आएको थियो ।

पार्किङको राम्रो सुविधा सबै नेपालीहरूलाई सहज यातायातको पहुँच हुने हुँदा यसपटक एभरेट सिटिमा कार्यक्रम आयोजना गर्न लागिएको संस्थाकी अध्यक्ष अन्जु थापाले आजभोलीलाई जानकारी दिइन् । अमेरीकीमाझ नेपाली भाषा संस्कृतिको तथा खानाको पहिचान तथा नेपालीबारे जानकारी दिलाउन कार्यक्रम गरिएको भन्दै सबै नेपालीलाई कार्यक्रममा उपस्थितिकोलागी अध्यक्ष थापाले आव्हान समेत गरेकी छिन् ।

उनले कार्यक्रमको तयारी पूरा भएको र कार्यक्रमा नेपालहरूको उपस्थितिको प्रतिक्षामा आफू रहेको जनाइन् ।

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !