सन्दीपविरुद्धको मुद्दामा बहस सुरु

आजभोलि

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला बहस सुरू भएको छ । न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस सुरु भएको हो ।

सरकारी वकिल सुरवीर परियारले बहस सकेका छन् भने वादी पक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन् । वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ ।

आज दुवै पक्षको बहस सकिए फैसला आउन सक्नेछ । न्यायाधीश कार्कीले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिन पनि सक्नेछिन् ।

फैसला बहस सुन्न प्रतिवादी लामिछाने र वादी ‘गौशाला २६’ नाम दिइएकी पीडित किशोरी पनि पनि इजलासमा उपस्थित भएको बताइएको छ । यसअघि १४ पटकसम्म पेशी तोकिए पनि फैसलाको सुनुवाइ हुन सकेको थिएन । न्यायाधीशहरूले विभिन्न बहाना गरेर सुनवाइ टार्दै आएका छन् ।

  • २१ भाद्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !