विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल

आजभोलि

वाशिङ्टन डिसी । परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असरबाट जुध्न विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न विकसित राष्ट्रलाई अपिल गरेका छन् ।

जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) द्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थितिको गाम्भिर्यतालाई दृष्टिगत गर्दै भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयत्मक ढङ्गले अगाडि बढनुपर्ने चुनौती देखापरेको बताए ।

उनले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको अध्यक्षको हैसियतले मुख्य वक्ताका रूपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा मन्त्री साउदले विकासशील राष्ट्रले प्रतिबद्धता जनाएअनुसारको ‘ग्रीन क्लाइमेट फन्ड’मा ‘एक सय अर्ब’ उपलब्ध गराउनुपर्ने र सन् २०२५ सम्ममा दोब्बर वृद्धि गर्नुपर्ने कुरामा जोड दिए ।

उनले भने, “हामीहरूले विकसित देशहरूलाई स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्न र जैविक ऊर्जाको खपत कम गर्न सदैव भनिररहेका छौँ । हामी हाम्रा विकास साझेदारहरूलाई अतिकम विकसित राष्ट्रहरूमा प्रविधिको रुपान्तरण गर्दै स्वच्छ तथा नवीकरणीय ऊर्जाको प्रयोगमा वढोत्तरी गराउन अनुरोध गर्दछौँ ।”

जैविक ऊर्जाको भविष्यका लागि सांसदहरूको सञ्जाल ९पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर०मा ७० देशका सात सय बढीले हस्ताक्षर गरेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जैविक ऊर्जालाई विस्थापित गर्ने अभिप्रायले स्थापित संस्था हो ।

  • १ आश्विन २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !