बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

आजभोलि

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।

घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेको जानकारी दिँदै उहाँले आयोगले घटनाको सबै पक्षमा छानबिन गर्ने विश्वास दिलाए । “उक्त घटना अनपेक्षित र दुःखद् घटना हो, दोषीलाई कारबाही हुन्छ । यसप्रकारका घटना नदोहारिन सरकार तयार र थप जिम्मेवार छ”, उनले भने, “आयोगले विस्तृत अनुसन्धान गर्नेछ, आयोगको सिफारिस कार्यान्वयन गरिनेछ ।”

उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्नेबारेमा पनि सरकार परामर्शमा रहेको बताए । “मृतकका परिवारलाई जनही रु १० लाख दिने प्रारम्भिक निर्णय हो, इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ”, उनले भने । मृतकका परिपवारलाई योग्यताअनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उनको भनाइ छ ।

  • १६ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !