एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

आजभोलि

धुलिखेल । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताए ।
उनले वडा नं–४ पालिकामै राम्रो सुन्तला उत्पादन हुने क्षेत्र भएको बताए । उनका अनुसार सो वडाको धर्मशाला, कार्कीगाउँ, खड्का गाउँ, सिम्ले सञ्जेलगाउँ, लामागाउँ, पाख्रिनगाउँ लगायतका स्थानमा सुन्तला राम्रो फलेको छ । यहाँका किसनाको मुख्य आम्दानीको स्रोत नै सुन्तला हुने गरेको छ ।
“मैले वार्षिक रु एक लाख ५० हजारभन्दा बढीको सुन्तला बिक्री गर्दै आएको छु”,  वडाध्यक्ष लामाले भने, “यसवर्ष मात्रै एक लाख ७२ हजारको बिक्री गरेको छु, अझै केही टिप्न बाँकी छ ।” भूकम्पपछिका पछिल्ला केही वर्षमा सुन्तला उत्पादनमा ह्रास आएको भए पनि यस वर्ष निकै राम्रो फलेको उनले बताए ।
केही वर्ष अगाडि बोट सुक्ने र कीरा लाग्ने समस्या रहेकोमा पालिकाको कृषि शाखाबाट गतवर्ष कीटनासक औषधि छर्नका लागि अनुदान पाएपछि यसवर्ष राम्रो फलेको उनको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाका–४ लगायत अन्य वडामा पनि किसानले राम्रो सुन्तला उत्पादन गर्दै आएकाले पालिकाले गत वर्षदेखि सुन्तला प्रबद्र्धनका लागि कृषि शाखामार्फत आवश्यक सहयोग गर्दै आएको बताए ।  “गतवर्ष किसानका लागि कीटनासक औषधि छर्नका लागि केही सहयोग ग¥याँै, जसबाट यसवर्ष सुन्तला राम्रो उत्पादन भएको पाएको छु”, उनले भने, “किसानको उत्साह र उत्पादन भएको सुन्तलाबाट राम्रो आम्दानी लिनसक्ने भएकाले वडा नं ४ लाई सुन्तलाको पकेट क्षेत्र बनाउने योजनामा पालिका लागिपरेको छ ।”
पालिकाले सुन्तला पकेट क्षेत्र बनाउने उद्देश्यले चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट सुन्तला प्रवद्र्धन कार्यक्रम लागू हुने गरी रु १० लाख बजेट व्यवस्थापन गरेको उनले बताए ।  विज्ञ टोलीलाई अनुसन्धान गर्न लगाउने र समस्या समाधान र तथा अझै राम्रो उत्पादनका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर विज्ञको सुझावसहित किसानको मागका आधारमा थप योजना बनाउने क्रममा रहेको उपाध्यक्ष तिमल्सिनाले बताए ।
गाउँपालिकाको भुग्देउको तावरी, गोलगाउँ, सिउरेनी सिमपानी, म्हेदाम्सु, फापरचौर, लड्कुपौवालगायतका ठाउँमा सुन्तला उत्पादन हुने गरेको छ भने वडा नं १ को झिङ्गे, अलकापुरी सुकुमफेदी लगायतका ठाउँमा पनि सुन्तलाखेती हुँदै आएको पालिकाले जनाएको छ ।
यहाँ उत्पादन भएका अधिकांश सुन्तला काठमडौँ र केही जनकपुरको बजारसम्म जाने गरेको किसान बताउँछन् । फल पाकेपछि बोटमा नै ठेकेदारले आएर खरिद गर्ने गरेको कारण उत्पादन भएको सुन्तला बिक्री गर्ने चिन्ता नरहेको यहाँका किसानको भनाइ छ ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !