डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर

आजभोलि

डोटी । जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको शिविरमा एक हजार छ सय ८५ जनाको स्वास्थ्य जाँच गरिनुका साथै ७७ जनाको शल्यक्रिया गरिएको थियो ।

शिविरको आयोजना गर्नुपूर्व एक हजार तीन सय बिरामी हेर्ने लक्ष्य आयोजकले राखेको थियो । शिविरबाट डोटीमा लामो समयदेखि आर्थिक अभावमा विभिन्न समस्या बोकेर बस्न बाध्य नागरिक लाभान्वित भएको जिल्ला अस्पताल डोटीका प्रमुख डा सुजातकुमार मण्डलले बताए ।

शिविरमा नेपाल अर्थोपेडिक अस्पताल काठमाडौँका सिनियर कन्सल्टेन्ट, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रकाश ज्ञवालीसहितको २५ जनाको टोलीले सेवा दिएको थियो ।

साथै हेन्डसर्जन डा क्याट्रिन हेगनले पनि सेवा दिएका थिए । मेड सोलुशन फाउण्डेसन स्वीट्जरल्याण्डको सहयोग तथा रोटरी क्लब अफ काठमाडौँ, नेपाल अर्थोपेडिक अस्पताल, दिपायल सिलगढी नगरपालिका र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो ।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !