तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

आजभोलि

काठमाडौँ । तराई-मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेसमा सिँचाइको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । सांसद् जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेदरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आवका लागि बजेटको सुनिश्चितता गराउन माग गरे। सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आग्रह गरे ।

सांसद बिमला घिमिरेले मिटरव्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुमित्रा विसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुनःनिर्माणको प्रक्रिया अघि बढाउन सुझाव दिइन् ।

  • १७ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !