३४ किलो चरेससहित एकजना पक्राउ

आजभोलि

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका–२ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

माहदेवबेँशी–पालुङ भित्री सडकखण्डमा यात्रुबाहक बसमा जाँचको क्रममा नियन्त्रणमा परेका पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिएका छन् ।

  • ११ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !