काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १०८१ जनामा संक्रमण पुष्टि भएको बताए । काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जना नयाँ संक्रमित थपिएका हुन्। यो संगै संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको छ ।
बुधबार थप ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३३,८८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,१६७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ५,४८० जना रहेका छन् ।
आइसोलेसनमा १५,०२५ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा १६२ जनाको र भेन्टिलेटरमा २२ जनाको उपचार भइरहेको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा दुई जना, कास्की, अर्घाखाँची, बाँके र नवलपरासीमा एक एक जनासहित थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३१२ पुगेको छ ।