कोरोनाको मारमा साना व्यवसायी

प्रवीण भट्टराई

मोहत्तरी मुल घर भएका राम वीर वरहीको कपनको फैका चोकमा फेन्सी पसल छ । उनी सहित ५ जनाको परिवार यही फेन्सी पसलमा आश्रीत छ । २०७६ चैत्र देखी बन्दाबन्दीको कारणले उनको फेन्सी पसल पनि राम्रो सँग सन्चालनमा आउन सकि रहेको छैन् । बन्दाबन्दी अघी स्थानीय ग्राहकहरुको भिँड लाग्ने उक्त पसलमा अचेल भने ग्राहाकहरुको आवतजात नै नभएको स्वयम् साना व्यवसायी राम वीर बताउँछन् । र कोरोनाको कारणले अचेल व्यापार पनि राम्रो सँग नभएको उनको भनाइ छ ।

त्यस्तै, सर्लाही मुल घर भएका सुनिल बास्कोटा पनि एक अर्का साना व्यवसायी हुन् । उनले ३ महिना जती सरकारले घोषणा गरेको लकडाउन र निषेध आज्ञाको अवधिमा आफ्नो पसललाई सन्चालनमा ल्याएन् । अहिले पनि बिहान र वेलुका पसल खोल्ने र बन्द गर्ने गर्दछन् । उनले घरभाँडा बापत रु ६०,००० नबुझाएकै ४ महिना भयो । पानी, विजुली र फोहर महिला वापत रु ५ हजार बुझाउने र घर खर्च शीर्षकमा मासिक ३० हजार खर्च भइ रहेको बताउँछन् उनी । यस खर्चलाई भने घरभाँडा बापत मासिक रुमपा प्राप्त हुने आयलाई खर्च गरेको बताउँछन् ।

माथि उल्लेखित घटना विवरणहरु कोरोनाको मारमा परेका साना व्यवसायीहरुको हो । जो उपत्ययका विभिन्न ठाउँमा सानो तिनो व्यवसाय गर्दै आइ रहेका छन् । उक्त पेशमा परिवारका अन्य सदस्यहरु पनि आश्रीत छन् ।

चीनको वुहान सहर बाट उत्पन्न भएको कोरोना भाइरको प्रभाव विश्वव्यापी रुपमा छ । आजका मिती सम्ममा १० लाख ६० हजार भन्दा बढीको सँख्यामा विभिन्न मुलका मानिसहरुको मृत्यू भइ सकेको छ । अमेरीका, भारत, ब्राजील , रसिया, चीन, मेक्सिको, नेपाल जस्ता साना ठूला सबै देशहरु कोरोनाबाट प्रभावित छन् । विज्ञहरुले भने अनुसार सर्वप्रथम अहिले विश्वव्यापी रुपमा फैलिएको SARS-CoV-2 भाइरस चमेराको मासु विक्री गर्ने विक्रस्थल बाट मृत्त जँगली जनावरहरुका (सर्प,सुँगुर वँगुर, कुकुर)अँगहरु प्रदुशित भइ मानिस मानिस बिच बिश्व व्यापी रुपमा फैलिएको हो ।

सामाजिक दुरी कायम गर्नु पर्ने, हिँड्दा माक्स लगाउनु पर्ने कोरोना रोकथामका प्रमुख तथा सामान्य विधीहरु हुन् किन भने यसका जीवाणुहरु स्वासप्रवासका माध्यमबाट मानिस मानिस बीच सर्ने गर्छ । ज्वरो आउनु, सुख्खा खोकी लाग्नु , शरीर शिथील हुनु यस रोग लागेको सामान्य लक्षण हुन् । यही कुराहरु सन्चो नभएर मनिसले स्वास फेर्न मुस्कील भएर मृत्य हुने गर्छ । भने अन्य रोगहरु  सुगर तथा अन्य दीर्घ रोगहरु लागेका मानिसहरुको भने रोग प्रतिरोधात्मक क्षमता कम भएर मृत्यू हुन्छ ।

यस किसिमको विश्वव्यापी रोगको प्रभावमा हामी नेपालीहरु पनि परेका छौँ । छिमेकी मुलुक भारत र चीनमा पर्ने सबै किसिमका प्रभावहरुबाट हामी पनि अछुतो छैनौँ त्यसले हामी कोरोना महामारीका कारणले पनि प्रभावित छौँ । खुला सीमा, दुई वा त्रीदेशीय व्यापार व्यवसाय, छिमेमी देशहरु बीच हुने आवतजावत र रोगको प्रकृतीले गर्दा पनि हाल सम्म १ लाखको हाराहारीमा नेपालीहरु प्रभावती छन् भने ६ सय जती मानिसहरुको मृत्यू भइ सकेको छ । त्यस्तै देश वाहिर पनि धेरैको सँख्यामा नेपालीहरु कोरोनाबाट प्रभावती छन् ।

सानो मात्राको रकम पैसा लगानी गरी सन्चालनमा ल्याएको पेशालाई साना व्यवसाय भनिन्छ । उनीहरुको दैनिक भनेकै सोही पेशाबाट आफ्नो जीविको पार्जन गर्नु हो । तर, अहिलेको समय ती साना व्यवसायीहरुको पक्षमा छैन् किन भने उनीहरुले आफ्नो व्यवसाय नियमित रुपमा सन्चालन गर्न पाएका छैन् ।

मानिसहरु कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि होम आइसोलेसनमा छन् वा सामाजिक दुरी कामय गर्दै घर परिसरमा बसेका छन् । यदी कुनै साना व्यवसायीहरुले बैककाट कर्जा लिएर व्यवसाय सुरु गरेका भए उनीहरुको बैकिङ अवस्था झन नाजुक भएको छ । बैकको किस्ता समयमा नै बुझाउन सकि रहेका छैन् किन भने बैक समयमा नै व्यवसायीबाट किस्ता उठाउन चाहान्छ । तर कोरोनाको कारणले गर्दा देशका सबै आर्थिक शुचकहरु जहाँको त्यही छन् वा चलायामान छैनन् । त्यसैले पनि सानो तिनो पेशा व्यवासाय अँगालेर यस सहरमा जीवीका चलाउनेहरु घरखर्च गर्न, पानी विजुलीको शुल्क बुझाउन, छोरा छोरी पढाउन,साहुलाई घर तथा पसल वाहाल तिर्न पनि नियमित रुपमा सकि रहेका छैन्न ।

यस किसिमको अनुपयुक्त समयमा देशमा भने दैनिक रुपमा १५०० को हाराहारीमा कोरोनाबाट प्रभावित छन् । उनीहरुको परीवारका अन्य सदस्यहरु होम आइसोलेसनमा बस्नु परेको छ । देशमा स्वास्थ्य सँकट उत्पन्न हुने अवस्था देखिदै गएको छ । सेना, प्रहरी र स्वास्थकर्मीहरु नै कोरोनाबाट बढी प्रभावित भएका छन् । कोरोना प्रत्येक गाउँघरहरुमा पुग्ने प्रष्ट सँकेत पाइदैछ । स्कुल,कलेज,सिनेमा घर, होटल आइसोलेसन कक्ष बनेका छन् ।

त्यसैले साना व्यवायीहरुलाई उनीहरु सँलग्न भएका पेशमा लाग्नका लागि सम्बन्धीत पक्षले पहल गरोस् । साना व्यवावसायको विकस र विस्तारले नै देशको न्युन र मध्य स्तरको गरिवी अन्त्य हुने भएकोले साना व्यवसायको गतिशिलताको लागि सबै पक्षको सकारात्मक सहयोग मिलोस् ।

 

 

  • ५ कार्तिक २०७७, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !