काठमाडौं । नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विज्ञापन नियमिन गर्ने ऐन २०७६ अन्तरगत कात्तिक ८ गते शनिबारदेखि नेपालमा प्रशारण हुने विदेशी च्यानलहरूमा विज्ञापन रहित क्लिन फिड प्रशारण लागु हुने बताए । । ऐन पारित भएको एक वर्षपछि कार्यान्वयनमा आउन लागेको हो ।
बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले आवश्यक कर्मचारीलाई त्यसका लागि प्रशिक्षित पनि गरिसकिएको छ । कार्तिक ८ बाट पूर्ण रुपमा क्लिनफिड प्रशारण भए नभएको अनुगमन गरिने र नभएको पाइएमा नियमअनुसार कारवाही हुने बताए ।
नेपाल सरकारले त्यसबारेमा २०७३ देखि छलफल गर्दैआएको थियो । मन्त्रालयका सहसचिव डिल्लीराज शर्माको अध्यक्षतामा सरकारले विज्ञापन बोर्डको पनि गठन गरेको छ । बोर्डले अनुगमनको संस्थागत प्रबन्ध गरिसकेको मन्त्री गुरुङले बताए ।