राजधानीको फोहरमैला व्यवस्थापनमा अवैज्ञानिक विधीः वातावरणीय संकट बढ्दै

आजभोलि

आजभोलिका लागि प्रवीण भट्टराईको स्थलगत रिपोर्ट ।

राजधानी सहरमा मानिसहरुको भिडभाड बढी भएकै कारणले अचेल सहर साँघुरिदै गएको छ । तिब्र रुपमा सहर केन्द्रित बसाइ सराई र सोही अनुपातमा बढ्दै गएको सहरीकरणले गर्दा सहरका प्रत्येक चोक, बाटाघाटा र सार्वजनिक स्थलहरु पनि फोहोरमैलाले भरिभराउ भएका छन् ।

सहरबासीका प्रत्येक घरहरुबाट दैनिक रुपमा उत्सर्जन हुने फोहर मैला र अन्य स्थानीय उत्पादन श्रोतबाट निस्कने विभिन्न प्रकारका फोहर मैलाले गर्दा सहर नै कुरुप भएको छ । त्यसैले, सहरका प्रत्येक घरहरुबाट पुनः प्रयोगमा ल्याउन नसकिने पुराना सीसी, बोतल, क्रेट, सागसब्जी, पुराना तथा थोत्रा लुगा कपडा, पानीका रित्ता बोतलहरु जथाभावी रुपमा फ्यालिएकोले गर्दा सहरका प्राय सार्वजनिक स्थलहरु प्रदुषित भएका छन् ।
सहरका प्रत्येक गाउँबस्तीमा ढलको राम्रो प्रवन्ध नहुँदा ती प्रत्येक बस्तीहरु दुर्गन्धित छन् । र नजिकैका सार्वजनिक खोलाहरुमा खोला नजिकैका घरहरुबाट अवैज्ञानीयक तथा अव्यवस्थित ढंगले फोहोर मैला तथा दिसा पिसाव मिसाउने कार्यले तथा खाली सार्वजनिक जग्गाहरु अतिक्रमण गरी जथाभावी रुपमा फोहर मैला थुपार्ने र उचित तरिकाले ती फोहरको व्यवस्थापन नगर्ने चलनले गर्दा हामी सबैको सुन्दर र स्वच्छ राजधानी सहर प्रदुषित र दुर्घन्धित भएको छ ।

स्थानीय श्रोतबाट उत्पादन हुने जैविक तथा अजैविक दुबै प्रकारका फोहर मैलालाई वर्गिकरण गरी दैनिक रुपमा यस राजधानी सहरको फोहर मैलाको व्यवस्थापन गर्नुपर्दछ । पहिलो, जैविक किसिमका फोहर मैला संकलन गरी कम्पोस्ट मल बनाइ मौसमी बाली तथा विरुवा उत्पादनमा प्रयोग गर्न सकिन्छ । जुन कार्य हाम्रै करेसाबारी र प्रत्येक घरका छतमा सम्भव छ ।

दोस्रो, अजैविक किसिमका धातु, प्लास्टिक र सीसा जन्य फोहरलाई भने पुनः प्रयोगमा ल्याउन सकिन्छ । साथै, फोहरमैला को संकलन, भण्डारण र स्थान्तरण गर्दा सुरक्षित विधी अपनाइ सहरको वातावरणीय पक्षमा क्षय हुन नदिन विशेष ध्यान दिनुपर्छ । साथै, फोहरमैला व्यवस्थापन स्थल वरपरको जनजीवनमा पर्न सक्ने आर्थिक, शारीरिक, सामाजिक जैविक तथा अजैविक प्रभाव र त्यसको न्यायोचित व्यवस्थापनका उपायहरुका बारेमा सरोकारबालाहरुको विशेष ध्यान पुग्नु पनि उत्तिकै जरुरी छ ।

तपाई हामी जो कोही पनि सहरका खोला छेउको बाटा भएर हिँड्न सक्दैनौँ । त्यस्तै, सहरका प्रत्येक चोक तथा गल्लीमा वा कुनै पनि सार्वजनिक स्थलहरुमा फोहरका थुप्राहरु देख्ने गर्दछौँ । त्यस्तै, मन्दिर, वसपार्क, सार्वजनिक पार्क, कलेज, स्कुल तथा अस्पताल परिसरमा पनि फोहरमैलाहरु यत्रतत्र भएको देख्छौँ । हामी सबै नगरबासीले यस सहरको वातावरणीय पक्षमा गरेको हेलचेक्राइले गर्दा नै हामी सबैको यो साझा तथा स्वच्छ सहर दुर्गन्धित र प्रदुशित भएको हो । जसको प्रत्यक्ष प्रभाव तथा असर हामी सबै सहरबासीको स्वस्थ्यमा प्रतिकुल ढँगले पर्न गएको छ । त्यसैले स्वच्छ पूर्ण सहर निर्माणमा सहरमा विभिन्न कारणले दैनिक रुपमा स्थानीय श्रोतबाट उत्पादन हुने फोहर मैलाहरुको उचित व्यवस्थान गर्नु हामी सबैको लागि साझा चुनौती र साझा सरोकारको मुद्धा भएको छ ।

राजधानीका सबै सहरी क्षेत्रहरुबाट स्थानीय सरोकारबालाहरुको पहलमा नियमित रुपमा फोहरमैला संकलन भए पनि सहर अझै पनि सफा र स्वच्छ हुन सकिरहेको छैन । सहरमा अव्यवस्थित ढंगले फोहर मैला यत्रतत्र फैलदाँ सहरको मौलिक साँस्कृतीक तथा सामाजिक अवस्था झन झन बिग्रीएर गएको छ । त्यसैले, फोहरमैला व्यवस्थापन मानव स्वास्थ्य तथा सामाजिक स्वास्थ्य प्रत्यक्ष रुपमा जोडीएको बिषय भएकाले घातक किसिमका फोहर मैला व्यवस्थापन गरी सहर भित्र सरुवा रोगहरु तथा अन्य घातक प्रकृतिका रोगहरु फैलन नदिन सबै सम्बन्धित पक्ष जागरुक हुनुपर्छ ।

अधिक फोहरमैला उत्पादन हुने स्थानीय प्राकृतिक श्रोतहरु पत्ता लगाइ फोहर मैलाको उचित व्यवस्थापन समयमा नै सुरक्षित ढंगले गर्नुपर्छ । त्यस्तै, बढी फोहर मैला उत्सर्जन हुने सहरका होटल, पार्क, कलकारखाना, स्कुल, अस्पताल, पसल तथा स्थानीय सार्वजनिक स्थलहरु सन्चालनमा बिशेष अनुगमन तथा नियन्त्रण गर्नु पर्दछ ।

सहरलाई सुन्दर र स्वच्छ बनाउने काममा नर बहादुर श्रेष्ठ (७०) पनि संलग्न छन् । उनलाई उनकी श्रीमती कमला श्रेष्ठले पनि यो काममा सहयोग गर्छिन् । उनी बिगत बीस बर्षदेखि खाली पानीका बोतल, पुराना कार्टुनका बक्स्, थोत्रा प्लास्टिक तथा प्लास्टिकका सामान, खाली बियरका बोतलहरु स्थानीय स्तरमा संकलन गर्ने र बेच्ने पेशामा आवद्ध छन् । उनको बाह्रै महिना सातदोवाटोदेखि बल्खुसम्म र कुमारीपाटीदेखि ग्वाचर्कोसम्मको बाटाघाटाहरु र स्थानीय गाउँबस्ती क्षेत्रबाट पुराना तथा थोत्रा सामानहरु संकलन गर्ने काममा बित्छ । ती स्थानहरुमा भएका बसपार्क, सार्वजनीक पुल तथा खोला क्षेत्रबाट थोत्रा तथा पुनः प्रयोगमा आउन सक्ने खाली सिसी, खाली पानीका बोटल, प्लास्टिक, कार्टुनका बक्स र अन्य कवाडीका सामानहरु संकलन गर्नु उनको दैनिक कार्य हो । उनी भन्छन्, यही पेशा गरेरै भए पनि खान लाउन पुगेको छ र सहरको बसाई हुँदाहुँदै पनि हातमुख जोर्न सकिरहेको छु ।

काठमाडौं उपत्यकासहित उपत्यकका प्रमुख सहरी क्षेत्रबाट दैनिकरुपमा निस्किने फोहरमैला व्यवस्थापन सबैको लागि टाउँको दुखाइको बिषय भएको छ । सरकारी तथा नीजिस्तर दुबैको सामुहिक प्रयासबाट मात्र सहरलाई स्वच्छ तथा सफा राख्न सकिन्छ । त्यस्तै, सहरको फोहोर तथा प्रदुषण नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच नीतिगत रुपमा सहरलाई प्रदुषण मुक्त बनाउन आपसी समन्वयको पनि उत्तिकै खाँचो छ ।
७० बर्ष पुगेका धनुषा ८ चिसापानीका नर बहादुर श्रेष्ठले पनि आफ्नो बुढो हड्डी घोटी रहेका छन् । आफू बृद्ध अवस्थामा भए पनि सहरमा उनका लागि यो पेशामा नै सानोतिनो आयआर्जनको श्रोत भएको छ । उनी सहरका सार्वजनिक स्थल र सडक छेउछाउबाट फ्यालिएका पुनाना पानीका बोटल, वियरका बोटल र प्लास्टिकका टुक्राहरु संकलनपछि स्थानीय कवाड पसलमा बेचेर दैनिक तीन सयसम्म कमाइ गरीरहेका छन् । सकुन्जेल यही काम गर्ने उनको सोच छ र उनी भन्छन् बाटोघाटो सरसफाइको काममा मेरो यस कार्यले सहयोग पुगिरहेको छ र सहरलाई हराभरा र स्वच्छ बनाउ म लागि परिरहेको छु ।

फोहर मैला दोस्रो व्यक्तीका लागि श्रोत हो । त्यसैले पहिलो व्यक्तीका लागि फोहर भएर सार्वजनिक स्थानमा फ्यालीएका सामाग्रीलाई पुनः प्रयोगमा ल्याउन सकियो भने सहरको फोहोर व्यवस्थापनमा सहजता पुग्छ । र यो कार्य नै वातारणीय दृष्टीकोणले उपयुक्त छ । र उनी भन्छन् हामीले सार्वजनिक स्थलहरुबाट विभिन्न प्रकारका फोहरमैला टिपेको छौं र पो सहरका सार्वजनिक स्थल र बाटाघाटाहरु सफा भएका छन् । स्थानीय ट्राफिक प्रहरीबाट भने बेला बेलामा सार्वजनिक स्थलमा पुराना पानीका बोतल तथा कार्टुन वक्स संकलन कार्यमा सहयोग र हौसला मिलेकोमा भने उनी खुसी छन् । तर उमेरसँगै स्वास्थ्यले पनि थलिएर होला उनी अचेल थोत्रा तथा पुराना सामानहरु संकलन गर्न टाढा टाढासम्म भने जान सक्दैन् । र सरहका विभिन्न स्थानका स्थानीय व्यक्तीहरुले दिएका पुराना क्रेट, प्लास्टिक, खाली कार्टुन वक्स र सिसाका बोतल र बियरका रित्ता बोलतहरु स्थानीय कवाडी पसलमा लगेर उनी बेच्छन् ।

फोहरबाट मोहोर भने झै नर वहादुर श्रेष्ठ कयौं सर्वसाधारण मानिसहरुका लागि सहरका विभिन्न सावर्जनिक स्थलबाट विभिन्न प्रकारका फोहर मैला संकलन कार्य उनीहरुको जीवन निर्वाहको आधार र सानो तिनो अर्थ पार्जनको श्रोत बनेको छ । त्यसैले सम्पूर्ण सहरबासीलाई फोहर मैला व्यवस्थापनमा संलग्न गराई सहरका नदी तथा प्राकृतिक श्रोतहरुलाई जोगाउन आवश्यक छ । त्यसका लागि प्रत्येक सहरका घरहरुबाट निस्कने वा कुहिएर जाने फोहरहरु घरमा नै व्यवस्थापन गरी कौसीखेती सुरु गर्न सकिन्छ र कुहिएर जान सक्ने जैविक प्रकारका फोहर मैलालाई कम्पोस्ट मलको रुपमा घर परिसर भित्रै कौसी तथा कृषी खेती बालीमा प्रयोग गर्न सकिन्छ भने कुहुन नसक्ने अजैविक किसिमका फोहर मैलाहरुलाई भने घरायसि कामकाज तथा अन्य कुनै तरिकाले पुनःप्रयोगमा ल्यान सकिन्छ ।

सहरमा स्थानीय श्रोतबाट उत्पादन भएका स्थानीय फोहर मैलाहरुको उचित व्यवस्थापन गर्न जरुरी छ । त्यसैगरी, सहर भरी भएका साना तथा ठूला उद्योग तथा कलकारखानाबाट उत्सर्जन भएका अन्तिम सामाग्रीहरुलाई पुनः प्रयोगमा ल्याउने उपयुक्त विधी उपनाउनु पनि उत्तिकै जरुरी छ । त्यस्तै, सहरमा सृजित फोहर मैला व्यवस्थापमा डम्पिङ साइट रहेका स्थानीय गाउँ ठाउँका सामाजिक उत्तरदातित्वका विविध पक्षका बारेमा सरोकारबालाहरुले सम्बोधन गर्नुपर्छ । र सहरमा अव्यवस्थित रुपमा बनाइएका कृतिम तथा कमजोर ढल निकासको उचित व्यवस्थापन गर्नुपर्छ । साथै, कुहिने र नकुहिने फोहर मैलाहरुको पुनः वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन पनि सकिन्छ ।

त्यसैगरी, सरोकारवाला पक्षहरुले सहरको नदी समस्यालाई व्यवस्थित गर्न सहरको फोहर मैलालाई उचित तरिकाले व्यवस्थापन गर्नुपर्छ । र फोहर व्यवस्थापन गर्दा सहरका नदी, जलाशय तथा सार्वजनीक स्थलको वातवरणीय पक्षको बारेमा बिशेष ध्यान दिनुपर्छ । त्यसैगरी, सहरका विभिन्न स्थानमा स्थापना भएका कवाड व्यवसाय र उक्त व्यवसायमा संलग्न भएका व्यवसायीहरुको सामाजिक सुरक्षाका विविध पक्षमा सुधार गर्नु जरुरी छ र सहरका सार्वजनिक स्थानबाट पुनारा सामाग्रीहरु संकलन गर्नेहरुको सहज जनजीविकाको सम्बन्धमा सम्बन्धित पक्ष तथा निकायहरुको प्रत्यक्ष चासो हुनु आवश्यक छ ।

भट्टराई युवा, अर्थतन्त्र, विकास तथा समसामयिक विषयबस्तुमा कमल चलाउनु हुन्छ ।

  • २० मंसिर २०७७, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !