काठमाडौं । कोरोना संक्रमणका कारण सिने क्षेत्र ठप्प भएपछि ख्यातिप्राप्त कलाकारहरु पनि फूर्सदिला भएका छन्। त्यही मेसोमा नेपाली रंगमञ्चकी एक चर्चित नायिका अदिति बुढाथोकी माल्दिभ्समा रमाइरहेकी छन्।
पातलो कामका बाबजुद पनि विदा मनाउन नायिका ढाथोकी माल्दिभ्यस पुगेकी छन्। सो अवसरमा बुढाथोकीले त्यहाँको समुन्द्री किनारमा विकनीको भरमा विभिन्न फोटो सेसन गरेकी छन् ।
बुढाथोकीले त्यसरी बिकनी अवतारमा खिचेका फोटाहरु सार्वजनिक गरेकी हुन् । उनकै आमाले निर्माण गर्न लागेको ‘बाबरी’ फिल्म सुटिङका लागि सिक्किम जाने तरखरमा रहेकी उनले हरेक दिनजसो समुद्री किनारमा बिकनिकको सहारामा खिचेका तस्विर सार्वजनिक गर्दै आएकी हुन् ।