काठमाडौं । एमाले माअोवादी तथा मधेशवादी दलले नातागोतालाई प्रदेश सभाको सांसद र राष्ट्रिय सभाको उम्मेदवार बनाइरहेको अवस्थामा नेपाली काँग्रेसले भने पीडित कार्यकर्तालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्र नेताहरुले आफ्नी श्रीमति नातेदारहरु एमालेले राजाको जयगान गर्नेलाई प्रदेश सभाको सांसद र राष्ट्रिय सभाको उम्मेदवार बनाइरहेको भन्दै चौतर्फी अालोचना भैरहेको छ ।
कांग्रेसले माओवादी जनयुद्धमा दुबै आँखा गुमाएका एक कार्यकर्तालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ। उसले प्रदेश नम्बर ६ बाट रुकुमका गोपालप्रसाद शर्मालाई अपाङ्ग कोटाबाट राष्ट्रिय सभाको उम्मेदवार बनाएको हो । नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएवापत उनले माओवादी ज्यादति भोगेका थिए।
कांग्रेसले टिकट दिएर द्वन्द्वकालका पीडित कार्यकर्ताहरुमाथि न्याय गर्न खोजेको छ।
शर्मालाई २०५५ साउन ११ मा माओवादी कार्यकर्ताले शर्मा रुकुमको दुईखोली–४ (हाल चौरजहारी नगरपालिका–११) स्थित घरमा कुटपीट गरेर आँखामा तेजाव हालिदिएका दिए।
घरका सबैजना सदस्यलाई कोठामा थुनेपछि निर्घात कुटपिट गरेर आँखामा तेजाव हालिएका उनलाई काठमाडौं ल्याएर उपचार गरिएको थियो ।
शर्मा २०४९ को स्थानीय निर्वाचनमा दुईखोली गाविसबाट अध्यक्षमा निर्वाचित भएका थिए।