पाल्पा । ३ वर्षीया बालिकामाथि बलात्कार गर्न खोज्ने एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तानसेन नगरपालिकाकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।