बीरगंज ३१ जेठ । प्रदेश नम्बर २ को आज सम्पन्न मन्त्री परिषदको वैंठकले प्रदेश प्रहरी ऐन पारित गरेको छ । यो ऐन पारित भएसँगै अब प्रदेश सरकारले आफ्नो प्रादेशिक प्रहरी भर्ना गर्ने बाटो खुलेको छ ।
त्यसैगरी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आजै सम्पन्न वैठकले मुस्लिम धर्मावलम्वीको महानपर्व इदको अवसरमा आगामी असार ३ गते आईतबार प्रदेश २ मा सार्वजनिक विदा दिने निर्णय गरेको मुख्य मन्त्रीका स्वीकीय सचिव दिपक यादवले जानकारी दिए ।