पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

आजभोलि

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण गरेको क्रिकेटको बन्द प्रशिक्षण गर्ने मैदान (क्रिकसल)को उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले क्रिकेट खेलको विकासका लागि आफ्नो संस्था क्रिकेट एक्सिलेन्स सेन्टर र एक्सेल्सियर स्कुलबीच सहकार्य गर्ने घोषणा गरे । पूर्वकप्तान खड्कासहितका व्यक्तिले क्रिकेट खेलको विकासका लागि केही वर्षदेखि महाराजगञ्जमा क्रिकेट एक्सिलेन्स सेन्टर सञ्चालन गरिरहेका छन् ।

उदघाटनका अवसरमा खड्काले भन्नुभयो, “हरेक क्षेत्रमा मेहनत आवश्यक पर्छ तर सफलताका लागि इमान्दारी र लगनशीलता पनि आवश्यक पर्छ । यस सेन्टरसँग सहकार्य गर्दै हामी राम्रा खेलाडी उत्पादन गर्छौं ।”

एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले क्रिकेट एक्सिलेन्स सेन्टर र विद्यालयमा निर्माण गरिएको सुविधासम्पन्न प्रशिक्षण स्थलले क्रिकेट विकासमा केही सहयोग पुग्ने बताए ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !