काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय गरेको छ ।काँग्रेसले साउन १६ देखि १८ गते सम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैंठकले नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैंठकले यस्तो निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैंठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै स्व जोशीले काँग्रेसको संगठन विस्तार र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने जनाएको छ ।
बैंठकले स्व जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । नेता जोशीको मंगलबार निधन भएको थियो ।