क्यानडाले १२ हजार शरणार्थाीलाई अनुमति दिने

आजभोलि

एजेन्सी । क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा अनुमित दिने भएको छ ।

सरकारले शरणार्थीमध्ये विषेश गरेर महिला, बालबालिका, यजिदी आदीवासी र अल्पसङ्ख्यक धर्माबलम्वीलाई प्राथमिकता दिने बसाइँसराइ मन्त्रीले मङ्गलबार जानकारी दिएका छन् ।

“हामीले उनीहरुलाई मर्का परेको आधारमा सहयोग गर्न लागेका हौं त्यसमा कुनै धर्म र जातलाई पक्षपात गरिने छैन, उनीहरु सवै बाँच्नु पर्दछ भन्नेमा हाम्रो जोड रहन्छ,” बसाइँसराइ मन्त्री अहमद हुसेनले पत्रकार सम्मेलनमा उनले जानकारी दिए । ।

झण्डै चार सय शरणार्थी बुधबार आइपुग्ने छन् । उनीहरुलाई पुनःस्थापित गर्न झन्डै दुई करोड बिस लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यजिदी समुदायका व्यक्ति विषेशगरी इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने गर्दछन् ।

  • १३ फाल्गुन २०७३, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !