बागमती सरसफाई अभियान २०० औं हप्तमाः उल्लेख्य सहभागिता

आजभोलि

काठमाडौं ।  बागमती सभ्यताको पुनर्जागरणका लागि समेत सञ्चालित बाग्मती सफाइ महाअभियानले २००औं सप्ताह संस्करणमा विशेष कार्यक्रम आयोजना गरेको छ ।  महाअभियानमा सहभागी हुन सम्पूर्ण नागरिकलाई गरिएको आह्वानले व्यापक चासो पनि जुटाएको छ ।  

तीन वर्षअघि २०७० जेठ ५ गते नागरिक अभियान्ताको पहलमा साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो ।  बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बाग्मती हाम्रो सभ्यता र संस्कृति हो, यसलाई फोहोर गर्नुहुँदैन भन्ने चेतनाको विकास आमनागरिकमा हुनु नै यस अभियानको सबभन्दा ठूलो उपलब्धि रहेको बताए । ।  

राजधानीबासीको करिब ४० वर्षदेखिको आनिबानीमा यस अभियानले ठूलो सुधार ल्याएको दाबीसमेत उहाँले गर्नुभयो ।  नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहोर फ्याँक्नेलाई कानुनको कठघरामा उभ्याउन यो अभियानले सम्बन्धित निकायलाई घचघच्याउने काम गरेको बताउँदै यसै अभियानको अनुकरण र प्रभावले अन्य २५ जिल्लामा समेत नदी सफाइ अभियान सञ्चालन भइरहेको जानकारी उहाँले दिए ।
 
अभियानकै कारण बाग्मती किनारमा ढल बिच्छ्याउने काम अगाडि बढिरहेको बताउँदै पूर्व मुख्य सचिवसमेत रहनुभएका पौड्यालले यस अभियानको प्रभावबाट नै उपत्यकाका अन्य नदी किनारमा ढल बिच्छ्याउने र प्रशोधन गर्ने कार्यक्रम सरकारले ल्याएको दाबी गर्नुभयो ।  उहाँले बाग्मती किनारमा रहेका अव्यवस्थित बस्ती र त्यसको स्थानान्तरण बाग्मती सफाइ अभियानको चुनौती रहेको बताए ।
 
बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता डा। राजु अधिकारीले यस अभियानले नदीनाला सफा राख्नुपर्छ भन्ने चेतनाको विकास आमनागरिकमा क्रमशः भइरहेको बताउँदै अभियानकै फलस्वरूप बाग्मती किनारमा २५ वटा बगैँचा जनस्तरबाट निर्माण भइसकेको जानकारी दिए ।
 
अभियानको बलमा सामाजिक योगदानबाटै बाग्मती किनारमा दर्जनौँ बगैँचा र पार्क निर्माण भइरहेको तथा हजारौँ बिरुवा रोपिएको बताउँदै उहाँले अभियानले नयाँ पुस्तामा स्वयंसेवी भावनालाई पुनर्जागृत गरेको धारणा व्यक्त गरेका छन् ।
 
अभियानका क्रममा शङ्खमूल मनोहरा दोभान खण्डको सफाइ अभियानको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।  त्यस अवसरमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्तीमगरलगायत विशिष्ट व्यक्तिको सहभागिता रहनेछ ।  सफाइ तथा पदयात्रा बिहान ७ बजेदेखि प्रारम्भ हुनेछ ।

अहिलेसम्म १५ सयभन्दा बढी सङ्घसंस्था तथा पाँच लाखभन्दा बढी स्वयंसेवकको सहभागिता यस अभियानमा भइसकेको छ ।  अभियानका क्रममा अहिलेसम्म ७२ हजार मेट्रिक टन फोहोर सङ्कलन गरेर त्यसको व्यवस्थापन गरिएको छ ।  अभियानले संयुक्त राष्ट्रसङ्घ अन्तर्गत यूएन–हेविटाटको ‘एसियन टाउन स्केप अवाड, २०१४’ प्राप्त गर्न सफल भइसकेको छ ।

  • २८ फाल्गुन २०७३, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !