प्रहरी आइजीपी नियुक्ति सर्वोच्चद्वारा बदर

आजभोलि

काठमाडौं। नेपाल सरकारले प्रहरी महानिरिक्षक पदमा डीआइजी जय बहादुर चन्दलाई नियुक्ति गरेको निर्णय बदर गरेको छ । सरकारले जय बहादुर चन्दलाई आइजीपीमा नियुक्ति गरेपछि डीआइजी नवराज सिलवालले मुद्दा दायर गरेका थिए । त्यसको लगत्तै प्रधानन्यायधिश सुशीला कार्कीले सो निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

आज सर्वोच्चले पुर्ण फैसला गर्दै सरकारकाले गरेको नियुक्तिमा खोट रहेको जनाएको छ । प्रहरी नियमावली अनुसार अब नयाँ आइजीपी नियुक्त गर्न सरकारको नाममा आदेश समेत जारी गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल सिन्हाको पूर्ण इजलासले सरकारको निर्णय आज बदर गरी ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता र उच्च अङ्क प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकबाट पुनः बढुवा गर्न आदेश दिएको छ ।

सरकारले कसरी अब प्रहरी महानिरिक्षक पद पूर्ति गर्छ, त्यो हेर्न बाँकी छ ।

  • ८ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !