४८ घण्टा नेपालका सबै सीमा बन्दः निर्वाचनपछि मात्र खुल्ने

आजभोलि

४८ घण्टा नेपालका सबै सीमा बन्दः निर्वाचनपछि मात्र खुल्ने

काठमाडौं।  गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।  निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गर्न लागिएको हो ।  

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन हुने जिल्लासँग जोडिएका सबै जिल्लाको सीमा बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।  भारतसँग सीमा जोडिएको तराईको चितवन, मकवानपुर, चीनसँग सीमा जोडिएका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला लगायतका सबै जिल्लाको सीमा बन्द गरिएको छ ।  

बिहीबारबाट ‘निर्वाचन सुरक्षा’ मतदानस्थल केन्द्रित पारिएको जानकारी पनि उहाँले दिनुभयो ।  निर्वाचन सुरक्षा प्रभावकारी बनाउन मतदानस्थल र मतदान केन्द्रहरूमा केन्द्रित गर्ने निर्णय भएको भन्दै उहाँले थप्नुभयो, “जिल्लास्तरीय स्थानीय सुरक्षा समितिले पनि सुरक्षा तयारी बलियो पारेको छ । ”

“चुनाव शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न हुन्छ”, उहाँले थप्नुभयो, “निर्वाचनका लागि अपनाउनुपर्ने सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।  मतदान टोली मतदान केन्द्रहरूमा परिचालन भइसकेकाले सीमा बन्द गर्नुका साथै सुरक्षाव्यवस्था थप प्रभावकारी बनाइएको हो । ”

यसैबीच प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले पनि चुनाव प्रचारप्रसारको शून्य समयअघि छिटपुट घटना भए पनि त्यसपछि यस्ता घटना स्वतः हराएर जाने दाबी गर्नुभयो ।  “निर्वाचनका लागि प्रहरीको सुरक्षा तयारी प्रभावकारी नै छ”, उहाँले भन्नुभयो, “सुरक्षाव्यवस्थामा शङ्का गर्नुपर्ने अवस्था छैन । ”

मतदान अधिकृतहरूसहित प्रहरी टोलीहरू मतदान केन्द्रहरूमा पुगिसकेको जनाइएको छ ।  निर्वाचन सुरक्षाका लागि प्रहरी नायब निरीक्षक ९सई० र प्रहरी सहायक निरीक्षक
९असई०को कमान्डमा पाँचदेखि नौजनासम्मको सुरक्षा टोली मतदान केन्द्रमा परिचालन गरिएको छ ।  

मतदान केन्द्रको शान्तिसुरक्षा व्यवस्थाको जिम्मा प्रहरीले लिएको छ ।  यसलाई निर्वाचन सुरक्षाको मुख्य तथा भित्री घेराको रूपमा लिइएको छ ।  मतदान सम्पन्न भएपछि मतपेटिकाको ओसारपसार तथा सुरक्षा जिम्मा सशस्त्र प्रहरी बलले लिने जनाइएको छ ।  

त्यस्तै नेपाली सेनाले मतदान केन्द्रहरूको सुरक्षा निगरानी राख्ने जनाइएको छ ।  सेनाको टोलीले मतदान केन्द्रमा गस्ती बढाउने र सुरक्षा अवस्थाबारे जानकारी लिने जनाएको छ ।  निर्वाचन सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेनालाई जिम्मेवारी
दिइएको हो ।  

  • २९ बैशाख २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !