काठमाडौं । सर्वोच्च अदालतले भारतपुर महानगरपालिका वार्ड नम्वर १९ मा पुनः मतदान गराउन आदेश दिएको छ । सर्वोच्चले यस अघि निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गरेको छ । २ महिनापछि सर्वोच्चको आदेशपछि भारतपुर महानगरपालिकामा पुनः निर्वाचन हुने भएको छ ।
उक्त फैसला न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः मतदान गराउन आइतबार आदेश दिएको हो । भररतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणनाको समयमा जेठ १५ गते माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना रोकिएको थियो । मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेपछि त्यसको गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चको आदेशपछि नेकपा एमालले निर्णयलाई दुखद भनेको छ । तर अन्यौलमा रहेको भरतपुर महानगरपालिकाको विवाद किनारा लागेको छ ।