आंशिक प्राध्यापक ११ गतेबाट आमरण अनशनमा

आजभोलि

आंशिक प्राध्यापक ११ गतेबाट आमरण अनशनमा

आजभोली संवाददाता
कीर्तिपूर, ६ असोज ।
दुई महिनादेखि आन्दोलनरत् त्रिविका आंशिक प्राध्यापकहरुले यहि ११ गतेबाट आमरण अनशन सुरु गर्ने भएका छन् ।
पटक—पटकको सम्झौताहरु कार्यान्वयनमा विश्वविद्यालय र सरकारले ढिला गरेको भन्दै उनीहरुले धर्ना र रिले अनशनलाई सम्बोधन नगरेको भन्दै ११ गतेबाट आमरण अनशन सुरु गर्ने भएका हुन् ।
आन्दोलनलाई दशैँ—तिहारमापनि आन्दोलन नरोकिने बताएको केहि समयपछि नै केन्द्रीय समितिको बैठक बसेर उनीहरुले यस्तो निर्णय गरेका हुन् ।

नेपाल आंशिक प्राध्यापक संघका सह—अध्यक्ष ठमिन्द्र खतिवडाले भने ‘चाडपर्व आएपनि प्रतिवद्धताहरु पुरा नभएको कारण दशैँसम्म धर्ना र रिले अनशन जारी रहने सोच थियो तर फुलपाती अगाडीबाटै आमरण अनशनमै जाने निधो गरियो’ ।

संघका अध्यक्ष शशी शर्माले बेवास्ताको पनि हद् हुन्छ, कुलपतिको निर्देशन पालना नगर्ने विश्वविद्यालय पदाधिकारीहरुको यो क्रुर शैलीलाई हामी परास्त गरेरै छाड्ने भन्दै आमरण अनशन रोजेको बताए ।

आजमात्रै प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले आंशिक प्राध्यापकहरुसँग कुलपति अमेरिकाबाट फर्केपछि जसरीपनि माग सम्बोधन टुंगोमा पुर्याउने बचन दिनुभएको थियो ।

हरेक भेटहरुमा कुलपति तथा प्रधानमन्त्रीबाट समर्थन र मागलाई गम्भीरतापूर्वक लिइ निकाय र मातहतलाई निर्देशन दिएपनि आंशिकको मुद्धाले किनारा पाउन सकेको छैन । ०६२ पछि आंशिकहरु करारको माग गर्दै आन्दोलनमा छन् । उनीहरुले ५ पटक सरकार र विश्वविद्यालयसँग लिखित सम्झौता नै गरिसकेका छन् ।

दशैँ तथा तिहारको परवाह नगरी आंशिक प्राध्यापकहरुले निरन्तर गर्ने धर्ना र रिले अनशन र आमरण अनशनले ६० दिन बितिसक्दापनि समस्या समाधान नहुनुलाई सरोकारवालाहरुले सम्बन्धित निकायको गैरजिम्मेवारीको परिभाषा दिन थालेका छन् ।

  • ६ आश्विन २०७४, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !