ट्रम्पद्वारा पहिलो सुरक्षा रणनीति सार्वजनिकः रुस र चीनसँग सहकार्य नभई प्रतिस्पर्धा गर्नु पर्ने दाबी

आजभोलि

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । उहाँले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेको विदेशी समाचारमा जनाइएको छ ।

उहाँले यसअघि भन्दै आउनुभएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फस्ट (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राखेका थिए ।

राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब बर्षदिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ ।

साथै सीमा नियन्त्रणमा पनि यसले कडाई गरेको छ । यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ ।

आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ । आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्का विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ ।

उहाँले अरु विश्वलाई सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिनुभएको छ । साथै उक्त रणनीतिमार्फत उहाँले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भन्नुभएको छ ।

उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गर्नुभएको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

कुनै संघ वा व्यक्तिको नामै नलिई उहाँले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसीमको चुनौती नै रहेको पनि बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यी चुनौती दिएकाहरुको नाम उल्लेख नगरेपनि विशेषत यसअघि अमेरिकाका मुख्य प्रतिश्पर्धीमा चीन र रुस रहेको बताएकोले तीनै देशको चुनौती हो भनिएको छ ।

उहाँले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरुको हितका साथै अमेरिका पहिला भन्ने आफ्नो मान्यतालाई यस सुरक्षा रणानीतिले सघाउन पु¥याउने धारणा राख्नुभएको पनि सो समाचारमा जनाइएको छ । (एएफपी)

  • ४ पुष २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !