डा. देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार

आजभोलि

काठमाडौं । बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको खवर प्राप्त भएको ती सदस्यले बताए ।

डा।देवकोटालाई देखिएको स्वास्थ्य समस्याका बिषयमा उपचारका संलग्न चिकित्सकले समेत परिवारका सदस्यलाई नबताएकोले उनलाई यही रोग लागेको भन्न सक्ने अवस्था भने अहिले नै नरहेको परिवार निकट सदस्यको भनाई छ । डा.देवकोटासँगै बेलायतमा रहेकी उनकी पत्नी डा. मधु देवकोटाले पनि यस बिषयमा आफन्तहरुलाई कुनै माध्यमबाट जानकारी नदिएको डा. देवकोटाको पारिवार नजिकका एक डाक्टरले बताए ।

एक ख्याती प्राप्त बरिष्ठ चिकित्सक, जस्ले हजारौ नेपालीको ज्यान बचाएको छ, यसको अवस्थाका बारेका के भएको रहेछ, भन्ने जिज्ञासा हुनु स्वभाविक भएको बताउदै ती डाक्टरले भने, ‘हामी सबैको चाहना डा. देवकोटा निको भएर स्वदेश फकून र अझै हजारौ नेपालीको ज्यान बचाउन सकून भन्ने हो ।’ डा. देवकोटा विरामी भएर बेलायतमा उपचार गराइरहेको खवर सार्वजनिक भएपछि नेपालमा मात्र नभएर विदेशमा समेत हजारौ मानिस उनको स्वास्थ्यको कामना गरिरहेका छन् । डा. देवकोटालाई कलेजो वा प्याङ्क्यिाजको क्यान्सर भएको हल्ला चले पनि त्यो निराधार भएको ती सदस्यले बताए । हल्लाका भरमा कुनै व्यक्तिको गोपनियताको हकको हनन् गर्न नहुने ती सदस्यको जिकीर छ ।

६३ वर्षिय डा. देवकोटाले न्यूरो सम्बन्धि उच्च शिक्षा बेलायतको अल्किन्सन मोर्ले हस्पिटलबाट लिएका हुन् । दक्षिण एशियामा मात्र नभएर बेलायतमा समेत डा.देवकोटा चिरपरिचित रहेको र बेलायतका वरिष्ठ चिकित्सकहरुसँग राम्रो सम्बन्ध भएकाले उनको उपचारमा कुनै कमि नभएको परिवारका अर्का सदस्यले बताए । डा. देवकोटाको स्वास्थ्य अवस्था प्रति बेलायतस्थित नेपाली राजदुतावासले पनि सक्दो पहल गरिरहेको जनाएको छ ।

  • ११ पुष २०७४, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !