बाँके । एक हप्ता लामो बसाईका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बाँकेको नेपालगन्ज आइपुगेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्ज आइपुगेका थिए । पूर्वराजा शाहलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालगञ्ज विमानस्थल बाहिर बाजागाज सहित स्थानीयको ठूलो भिड लागेको थियो । “हाम्रा राजा हाम्रोदे प्राण भन्दा प्यारो छ” भन्ने नारा सहित पूर्वराजाको जयजयकार गरेक थिए ।
पूर्वराजपरिवार एक हप्ताभन्दा बढी समय नेपालगन्जमा बस्ने कार्यक्रम रहेको जनाइएको छ । साथै उनले विभिन्न धार्मिक तथा ऐतिहासिक मठ-मन्दिरहरुको दर्शन पनि गर्ने बताइएको छ । र उनले नेपालगञ्जमा निर्माण हुने चार तारे होटल सोल्टीको शिलन्यस समेत गर्नेछन् ।