८ मेगावाटको नौगड गाढ साना जलविद्युत आयोजनामा दुई बैंकले १ अर्ब लगानी गर्ने

आजभोलि

कम्पनी लिमिटेडले दोश्रो आयोजनाको रुपमा दार्चुला जिल्लामा बहने नौगड गाढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगड गाढ साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

यो आयोजनाको कुल लागत रु.१४४ करोड हुने अनुमान छ । यस मध्ये रु.१०० करोड (७०%) बैंक ऋण र ४४ करोड (३०%) शेयरधनीको लगानी रहने छ । यसमा श्री नेपाल एस.बि.आई. बैंक लिमिटेडको अगुवाईमा प्रभु बैंक लिमिटेड समेतले रु.१०० करोड ऋण उपलब्ध गराउने सम्बन्धित सम्झौता मिती २०७३÷१०÷१२ गते श्री ट्रेड टावर विजनेश सेन्टर, थापाथलीको सभा कक्षमा सम्पन्न भएको छ ।

श्री नेपाल एस.बि.आई. बैंक लिमिटेडले रु. ५५ करोड र प्रभु बैंक लिमिटेडले रु.४५ करोड गरि जम्मा रु.१०० करोड ऋण प्रवाह गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ । यस सम्बन्धि जानकारी गराउँदै कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना २०७४ साल चैत मसान्तभित्र सम्पन्न गरि राष्ट्रिय प्रशारण लाइनमा विद्युत आपूर्ति गरिने जानकारी दिनुभयो ।

यो आयोजनाबाट उत्पादित विद्युत शक्ति ८ कि.मि. लामो ३३ पख् ट्रान्समिशन लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडी १३२ पख् ट्रान्समिशन लाईन मार्फत कैलाली जिल्लाको अत्तरीया सब स्टेशन हुँदै देशभर प्रशारण हुनेछ ।

कम्पनीले यस अघि १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७२ साल भाद्र देखि राष्ट्रिय प्रशारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।

स्मरण होस् नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको बलाचँ–अत्तरीया १३२ के.भि ट्रान्समिशन लाइनको निर्माण पुरा भएतापनि लाइन चार्ज हुन सकेको छैन । डबल सर्किट भएको टावरमा दोश्रो सर्किटमा तार ओछ्याउने काम हुन सकेको छैन ।

  • १३ माघ २०७३, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !