प्राधिकरणको काममा तिव्रताः ९३ हजारको गुनासाको निराकरण

आजभोलि

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा दर्ता भएका ९३ हजारभन्दा बढी भूकम्पपीडितको गुनासा फछर्यौट गरेको छ ।

सबै भन्दा बढी प्रभावित १४ जिल्लाका दुई लाख चार हजार १७७ गुनासामध्ये हालसम्म ९३ हजार ३७४ फछर्यौट भइसकेको प्राधिकरणले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निजी आवास पुनर्निर्माणका लागि अनुदान पाउने लाभग्राहीको सूचीमा नपरेका र गाविस र जिविसले फछ्र्यौट गर्न नसकेका गुनासा केन्द्रमा दर्ता भएका हुन्।

प्राधिकरणमा प्राप्त गुनासा एक सातामा फछ्र्यौट गर्ने गरी संयन्त्र विकास गरिएको प्राधिरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले बताए । गुनासालाई म्यानेजमेण्ट इन्फरमेसन सिस्टम एमआइएसमा अपलोड गरेर एक एक केलाएर पीडित लाभग्राही वा गैरलाभग्राही हो छुट्याउने र स्थलगत सर्वेक्षण गर्नुपर्ने वा पुनःसर्वेक्षण गर्नुपर्ने भनी छुट्याएर सम्बन्धित जिविसमार्फत् गाविसमा सूचना टाँस गर्न पठाउने गरिएको प्राधिकरणका उपसचिव शिवराम गेलालले जानकारी दिए ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा अनुदान सम्झौता सम्पन्न गरेका ७१ हजार ६८३ लाभग्राही मध्ये ५० हजार २४३ ले पहिलो किस्ताको अनुदान रकम बुझेका छन्। अन्य जिल्लामा पनि न्यूनतम ७३ प्रतिशतभन्दा बढीसँग अनुदान सम्झौता भै पहिलो किस्ताका रकम उपलब्ध गराइसकिएको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको छ।

  • १८ माघ २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !