तत्काल
समाचारसमाज

डा. केसी अस्पताल भर्नाः अदालतद्वारा प्रहरी हिरासतमै राख्न आदेश

काठमाडौं, पुस २५ । डा. गोविन्द केसीलाई स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगिएको छ । सर्वोच्च अदालत मंगलबार बयान भएपनि बहस हुन सकेन र अदालतले प्रहरी हिरासतमै राख्न आदेश दियो ।

तर, प्रहरीले सिंहदरबार वृत्त लैजानेक्रममा स्वास्थ्यमा समस्या भएपछि डा. केसीलाई वीर अस्पताल लगिएको हो । डा. केसीका सहयोगी डा. तोसीमा कार्कीकाअनुसार डा. केसीको स्वास्थ्यमा मंगलबार दिउँसोदेखि नै समस्या आएको र रक्तचाप घटेको थियो । त्यसैले उनलाई अस्पताल लगिएको हो ।

प्रहरीले डा. केसीको मोबाइल उनलाई नदिएको पनि डा. तोसीमाले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *