पश्चिम नेपालमा थारु समुदायमा माघीको चहलपहल सुरु

आजभोलि

रेडियो बेलौरी, कञ्चनपुर । थारु समुदायमा नयाँ वर्षको रुपमा धुमधामका साथ मनाइने माघी पर्वको चहलपहल सुरु भएको छ । कञ्चनपुर, कैलाली लगायत पश्चिम नेपालमा रहेका थारु समुदायले माघी पर्वको तीब्र तयारी गरिरहेका छन् । माघी पर्व अगाडी गरिने सबै विधिविधान र तयारीका लागि थारु समुदायमा कामको चटारो देखिन्छ । आफ्नो कला, संस्कृति, भेषभूषा र परम्परा झल्कने विविध पक्ष तिर थारु समुदायले सचेततापूर्वक काम गरिरहेको देखिन्छ । थारु समुदायले गाउँमा माघी मनाउनु पूर्व गरिने तयारीका लागि आफ्ना भलमन्सालाई सोधपुछ गरी अनुमती लिने, छलफल गर्ने, खानपानको व्यवस्थापन मिलाउने लगायतका कार्य भइरहेको बेलौरी नगरपालिका वडा नं. ५ का स्थानीय कृष्ण चौधरीले बताउनु भयो ।

नयाँ वर्षका रुपमा माघी पर्व मनाइने भएकाले पढाई तथा रोजगारीका लागि बाहिरिएका थारु समुदायका व्यक्तिहरु पनि माघी मनाउनका लागि आफ्नै घर फर्कन थालेका छन् । थारु बस्तीमा माघीको चहलपहल बढ्दै जाँदा धुमधामका साथ माघी पर्व मनाउनका लागि कामको चटारो बढेको छ । खानपानका परिकार बनाउन समेत थारु समुदायमा तयारी भइरहेको छ । नजिकको जंगलबाट पात टिपेर दुना टपरी बनाउने, ढिक्री लगायतका परिकार बनाउन चामल पिस्ने र सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको थारु पत्रकार सरिता चौधरीले बताउनु भयो ।

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी पर्व हो । थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघी पर्वसंगै नयाँ कामको सुरुवात हुने, चराले बोली परिवर्तन गर्ने, रुखमा नयाँ पालुवा पलाउने भएकाले थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मान्ने गरेको स्थानीय थारु अगुवाहरु बताउँछन् । माघी पर्वकै समयमा वर्षभरी के गर्ने भनेर योजना समेत बनाउने गरिएको छ । थारु बुद्धिजिवीहरुका अनुसार घरपरिवार र समाजलाई कसरी अगाडि बढाउने भनेर गम्भीर रुपमा छलफल गर्ने र वर्षभरीको लागि योजना तय गर्ने गरिएकाले पनि यसलाई नयाँ वर्षको रुपमा लिइएको हो ।

  • २७ पुष २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !