७ नम्बर प्रदेशका पहिलो सभामुखमा थापाः बझाङ्गमा खुशीयाली

आजभोलि

कैलाली । प्रदेश नम्बर ७ को सभामुखमा एमाले सांसद अर्जुनबहादुर थापा प्रदेश निर्विरोध भएका छन् । थापा बझाङको प्रदेश सभा क्षेत्र नम्बर१ बाट निर्वाचित सांसद हुन । सभामुखमा थापाकोमात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दिएन ।

थापाको उम्मेदवार थापाको प्रस्तावक एमाले सांसद दीर्घ सोडारी र समर्थक माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट रहेका छन् । प्रदेश नम्बर सातमा प्रदेश सरकारको नेतृत्व माओवादीले गर्ने र सभामुख एमालेले लिने बाम गठबन्धनबीच यसअघि सहमति भएको थियो ।उनी गठबन्धनका साझा उम्मेद्वारी हुनन् ।

संसद सचिवालयका सचिव मुरारी महतले शनिबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकोमा थापाबाहेक अन्य कुनै पनि सांसदको उम्मेदवारी नपरेको जानकारी दिए । उनले भने, ‘थापाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनु भएको छ तर यसको घोषणा भने संसदको बैठमा हुने छ ।’ संसदको बैठक माघ २९ गते बस्ने छ ।

हाल एमालेको प्रदेश कमिटी सदस्य रहेका ६२ वर्षीय पूर्वशिक्षक थापा शिक्षण पेशाकै क्रममा राजनीतिमा लागेका हुन् । २०३६ सालदेखि नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भएर राजनीति शुरु गरेका थापा २०५६ सालको आमनिर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । अर्थशास्त्र विषयमा स्नातक थापाले ‘विश्व कम्युनिष्ट आन्दोलन’ र माक्सवादको सिर्जनात्मक प्रयोग–जनताको जनवाद’ पुस्तक पनि प्रकाशित गरेका छन् ।

सभामुखमा निर्विरोध भएका थापाले प्रदेश सरकार संचालनका लागि आवश्यक कानूनहरु निर्माणलाई प्राथमिकता दिने बताएका छन् । निर्विरोध भएपछि प्रतिक्रिया दिँदै उनले प्रदेश सभाले तत्काल धेरै कानूनहरु बनाउनु पर्ने बताए ।प्रदेश सभाले अहिले नै धेरै कानूनहरु निर्माण गर्नुपर्ने अवस्था छ । ती कानूनहरु छिटो निर्माण गर्न म तल्लिन भएर लाग्ने छु ।’ थापाले भने, ‘मलाई जुन जिम्मेवारी प्राप्त भएको छ, यसलाई म आफ्नो वुद्धि, विवेक र क्षमताले भ्याएसम्म निर्वाह गर्नेछु ।’

सांसद खड्काले भने, ‘उम्मेदवारी नदिएर हामीले सभामुख पदको गरिमालाई सम्मान गरेका छौं । पदको गरिमालाई कायम राखेर उहाँले काम गर्नसक्नु पर्छ । प्रदेश सभामा एमालेका २५, माओवादीका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् ।

उनी निर्वाचित क्षेत्र बझाङ्ग १ मा भने खुशीयाली छाएको छ । ७ न्म्बर प्रदेशको पहिलो मुख्यमन्त्ती बझाङ्गले पाएको सबै पार्टी नेता, कार्यकर्ता तथा सर्वसाधारणमा खुशीयाली छाएको छ ।

  • २८ माघ २०७४, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !