नेपाल वान डे खेलका छनौटः क्रिकेटमा ऐतिहासिक फड्को

आजभोलि

काठमाडौं । पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ । जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको प्लेअफमा सफलता हासिल गर्दै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।

विश्वकप छनोट खेलेका पाँच एसोसिएट देशमध्ये शीर्ष तीनले एक दिवसीय मान्यता पाउने भएकाले युएई, स्कटल्यान्ड र नेपालले अवसर पाउँदा पपुवा न्यूगिनी र हङकङ डिभिजन–२ मा घटुवा भएका छन् ।

नेपालले पपुवा न्यूगिनीमाथि शानदार ६ विकेटको जित हासिल गर्दै यो उपलब्धि चुमेको हो । अर्को टिम हङकङ नेदरल्यान्ड्ससँग पराजित हुँदा नेपालले एक खेलअघि नै एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।

नेपालले पपुवा न्यूगिनीलाई नेपाल ६ विकेटले हरायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । उनले ब्याटिङमा अविजित रहँदै ५० तथा बलितर्फ ४ विकेट लिए ।

जितका लागि पाएको ११५ रनको सामान्य चुनौती नेपालले २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्योब ।चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्नेक्रममा दीपेन्द्रले ५८ बलमा ५० तथा आरिफ शेखले २६ रन जोडे ।

कप्तान पारस खड्काले २०, अनिलकुमार शाहले ९, रोहितकुमार पौडेलले अविजित रहँदै ३ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले एक रन बनाएका थिए ।

त्यसअघि, टस जितेर नेपालले पहिले फिल्डिङ गरेसँगै पपुवा न्यूगिनीलाई निर्धारित् ५० ओभरको खेलमा २७ ओभर २ बलमै अलआउट गर्दै ११४ रनमा समेटेको थियो ।

दीपेन्द्रले ४ ओभर २ बलमा १४ रन खर्चेर तथा सन्दीप लामिछानेले ८ ओभरमा २९ रन खर्चेर समान ४र४ विकेट लिए । सोमपाल कामी र करण केसीले १र१ विकेट लिए ।

बिहीबारै भएको अर्को खेलमा नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले हरायो । नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै १७४ रन बनाएकामा हङकङ १३० रनमै समेटियो ।

अब सातौं स्थान तथा प्लेट च्याम्पियनका लागि नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसैगरी, नवौं स्थानमा लागि शनिबारै हङकङ र पपुवा न्यूगिनी खेल्नेछन् ।

  • १ चैत्र २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !