प्रदेश ७ को रातो कितावमा डोल्पा जिल्लाका लागि रकम बिनियोजनः मन्त्री-कर्मचारीबीच आरोप-प्रत्यारोप

आजभोलि

प्रदेश ७ को रातो कितावमा डोल्पा जिल्लाका लागि रकम बिनियोजनः मन्त्री-कर्मचारीबीच आरोप-प्रत्यारोप

कैलाली । आर्थिक वर्ष २०७५/०७६ प्रदेश नम्बर ७ को सरकारको आगामी आर्थिक बर्षको बजेटमा प्रदेश नम्बर ६ को डोल्पा जिल्लाको लागि रातो कितावमा बजेट छुट्याइएको छ । २०७५ असार १ गते पेश गरिएको बजेटमा प्रदेश नम्वर ६ मा पर्ने डोल्पा जिल्लाका योजनाहरु रातो कितावमा राखिएको पाईएको छ। बजेट निर्माण गर्दा कर्मचारी तथा मन्त्रीहरुको गम्भिर लापरवाही देखिएको छ ।

निकै तामझामका साथ ल्याएको बजेटमा क्षेत्रगत त्रुटी देखिएको छ । प्रदेश नम्बर ७ मा ९ ओटा जिल्ला रहे पनि बजेट १० जिल्लाका लागि छुट्याइएको छ । प्रदेश सरकारको आर्थिक बर्ष २०७५/०७६ को प्रदेश सभा सदस्य कुमारी नन्दा बमले डाल्पाका योजनाहरुको शिर्षक प्रदेश नम्बर ७ को बजेटमा हुनु ठुलो लापरबाही भएको बताईन।

रातो किताबको पृष्ठ नम्बर ९१ म डोल्पा जिल्लाका योजनाहरु राखिएको छ । जसमा मझौला नदी नियन्त्रण कार्यक्रम अन्तरगतको ४ लाख रुपैया भेरी नदी नियन्त्रण, डोल्पा र साल्दाड्ड रापा नदी नियन्त्रण, डोल्पा शिर्षक अन्तरगत राखिएको छ । प्रदेश सरकारले वजेट शिर्षकमा भएको त्रृटी स्वीकार गरेको छैन। आर्थिक मामिला तथा योजना मन्त्रालयका सह–सचिव नवराज अर्यालले संघीय सरकारको त्रृटी रहेको बताए।

कसको त्रुटी हो भनेर कर्मचारी, मन्त्री तथा सांसदबीच जुहारीबीच चलेको आर्थिक मामिला तथा योजना मन्त्रालयले यो प्रदेश सरकारको नभएर संघीय सरकारको त्रृटी भएको दावी गरेको छ। तर यो सबै प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयको जिम्मेवारी रहेको बताए । यसरी प्रदेशको पहिलो बजेटमै गम्भिर त्रुटी रहनु लापवाही र गैर जिम्मेवारीपन रहेको नेपाली कांग्रेसका प्रदेश संसद कर्ण मल्लले जानकारी दिए ।

  • १३ असार २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या