७२ घण्टे अल्टिमेटमः डा. केसीका माग तत्काल सम्बोधन नभए सबै सेवा ठप्प पार्ने चेतावनी

आजभोलि

काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनमा रहेका डा. गोविन्द केसीको माग ७२ घण्टा भित्र पूरा नगरे देशभरीको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएको संघले उक्त चेतावनी दिएको हो ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारले दिएको अल्टिमेटम भित्र डा. केसीको माग सुनुवाई नभए इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने बताएका छन् । उनले सरकारले आफ्ना मागको बारेमा गम्भिर नभए कठीन अवस्था आउन सक्ने चेतावनी समेत दिएका छन् । उनले आफूहरुको माग डा.केसी जीवन रक्षा मात्र रहेको पनि स्पष्ट पारेको छ ।

सरकार डा. केसीको स्वास्थ्य अवस्था गम्भिर हुँदा पनि चासो नदिएको प्रति गुनासो गर्दै सरकार गम्भिर हुन आग्रह गरेका छन् । आफूहरु डा. केसीको ज्यान जोगाउन कडा भन्दा कडा कदम चाल्न तयार रहेको जनाएका छन् । डाक्टरहरुले बिरोधमा विगत ४ दिनदेखि हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

डा. केसी जुम्लामा आमरण अनसन बसिरहेका छन् । उनले माथेमा आयोग तथा विगतको सरकारले ल्याएका अध्यादेश पारित गर्नु पर्ने लगायतका मागहरु राखेर आमरण अनसनमा बसिरहेका छन् ।

  • २६ असार २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !