संविधान संसोधन पहिलो सर्त -राजपाः अल्झिएर नबसौं -प्रधानमन्त्री

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधनका बारेमा नेताहरुले राखेका जिज्ञासमा आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुने बताए । प्रधानमन्त्री ओलीले भने “संविधानमा देखिएका त्रुटीहरुमा छलफल गरौं तर यसैमा अल्झिएर नबसौं । देश विकासमा लागौं ।”

राजपामा नेताहरुले तराइको बाढी,दुईबर्ष अघिको आन्दोलनका घाइतेको अवस्था र मुद्धा,तराइको विकास,मधेस र थारु आन्दोलनको छानविनका लागि बनेको आयोगको प्रतिवेदन र संविधान ससोधनका बिषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो ।

छलफलका लागि नेताहरु मह्न्थ ठाकुर,राजेन्द्र महतो,शरदसिंह भण्डारी,महेन्द्र राय यादव,राजकिशोर यादब र केशव झा बालुवटार आउनुभएको थियो । नेताहरुले साँझ ८ बजे देखि प्रधानमन्त्रीसँग करिब डेढ घण्टा छलफल गर्नु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका वृहत योजना बनाउने प्रस्ताव गरेका छन् । राजपाका नेताहरुसँग बिहीबार साँझ बालुवटारमामा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका थिए ।

तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीले “तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने” बताए ।

सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामााजिक विकृतिबाट तराइका जनतालाई मुक्त पार्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सबै समस्या समाधानका लागि राजन्ीतिक रुपमा योजना बनाऔं र कार्यन्वयन गरौं । ” अघिल्लो सरकारका बेला अघि सारेको जनता आवास कार्यक्रम प्रभावकारी नभएकोले त्यसको साटो तराईमा पनि एकिकृत वस्तीको बसाउने सरकारको योजना रहेको प्रधानमन्त्रीले नेताहरुलाई जानकारी गराए ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउनु भएको छ । प्रधानमन्त्री ओलीले ज्ञापन पत्र हेरेपछि राजपाले पहिला उठाएका मतिपय माग असान्दर्भिक भइसकेको प्रतिक्रिया दिनुभएको छ । “हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन् । त्यसमा तपाईंहरुले पनि पुन विचार गर्नुहेस ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

  • ४ श्रावण २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !