कानुनमन्त्रीले माफी मागी सक्दा पनि प्रसाईको फूर्ति उस्तैः नाजवाफ बन्दैछ सरकार !

आजभोलि

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेर बहादुर तामाङले बंगलादेशमा पढी रहेको नेपाली छात्राको बारेमा व्यक्त गरेको भनाईप्रति आममाफी मागेका छन् । आज एक वक्तव्य जारी गरी उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।

मन्त्री तामाङले बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्रामाथि यौन शोषण हुने गरेको तथा उनीहरुले त्यस्तो कार्य गरे मात्र पास हुने गरेको धारणा व्यक्त गरेका थिए । उनको अभिव्यक्तिको चर्को आलोचना भएपछि उनले माफी मागेका हुन् ।

मन्त्री तामाङले आज एक विज्ञप्ति जारी गर्दै आफू हिंसामुक्त समाज र नारी अस्मिताको रक्षामा क्रियाशील रहेकोसमेत जानकारी गराउनुभएको छ । उहाँले साउन ४ गते प्राक्सिस इन्टरनेशनल स्कुलका माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई दिने क्रममा बोलेका कुरा संचारमाध्यममा सम्प्रेषण भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै बंगलादेशमा विद्यार्थीले भोग्नुपरेको समस्याबारे उजागर मात्र गरेको बताउनुभएको छ ।

“नेपाली विद्यार्थीले बंगलादेशमा अध्ययनरत रहँदा आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीको रुपमा रहेका छन्”–उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “नेपाली विद्यार्थी विदेशमा चिकित्सा विषय अध्ययन गर्न जानुको विकल्पमा नेपालमा नै उक्त विषय अध्ययनको सहज पहुँच हुने व्यवस्था भएमा विदेशमा नेपाली विद्यार्थीहरुले त्यस्ता समस्या भोग्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।

प्रसाईको फूर्ति भला बढ्दै

मेडिकल संचालक दुर्गा प्रसाईले नेपाली छात्राले देह व्यापार गरेर मात्र सर्टिफिकेट पाउने गरेको विवादस्पद अभिव्यक्तिको चर्को आलोचना भए पनि उनले न त माफी मागेका छन्, न सरकारले उनी विरुद्ध कुनै कारबाही गरेको छ ।

आफ्रनै अफिसमा पत्रकारलाई डाकेर प्रसाई भने बंगलादेशमा पढ्ने केटाले ५ वर्षमा पास गर्छ तर केटीहरुले ९ वर्षमा किन पास गर्छ ? त्यहाका प्रोफेसरहरुले करणी गरेर राखेको छ ।

यसरी उनले नेपाली चेलीमाथि आरोप लगाएको भन्दै चर्को विरोध भइरहेको छ । उनको अभिव्यक्तिमाथि बंगलादेशका मेडिकल कलेज तथा संस्थाहरुले गम्भिर आपत्ति जनाएका छन् ।

यसरी चारैतिर बिरोध हुँदा पनि सरकारले उनीमाथि कुनै कारबाही नगर्नुले सरकारमाथि शंका उत्पन्न भएको छ । किन यसरी झूठ बोलेर नेपाली चलीको अस्मितामाथि दाग लाग्दा पनि सरकार मौन बस्दैछ, अझ रहस्यमय बनेको भन्दै सामाजिक संजालमा आलोचना भइहेको छ ।

प्रसाई प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा द्धितिय अध्यक्ष पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाए चर्चामा आएका थिए । डा. गोविन्द केसीको बारेमा नचाहिने टिप्पणी गरेपछि उनी झन आलोचनाका पत्र बनेका छन् ।

 

  • ६ श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !