एक दिवसीय क्रिकेटमा नेपालको पहिलो जीत

आजभोलि

काठमाडौं । नेपालले एक दिवसीय क्रिकेट खेलमा नेदरल्यान्ड्सलाई जितेको छ । नेपालले १ रनले नेदरल्यान्ड्स पराजित गरेको हो । खेलको अन्तिममा कप्तान पारस खड्काले विकेट लिएपछि नेपालले एक दिवसीयको खेलमा विजय हासिल गरेको पहिलो पटक हो ।

सोमपालले पहिले ब्याटिङ गर्दै २१६ रन बनाएपछि जबाफी ब्याटिङमा उत्रेको नेदरल्यान्ड ९ विकेट गुमाउँदै २१५ रनमा सीमित भएको हो ।

नेदरल्यान्डसलाई पराजित गर्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै ३ विकेट लिए । त्यसैगरी आठ ओभर बलिङ गरेका ललित भण्डारीले २ र ९ ओभर बलिङ गरेका सोमपाल कामीले १ विकेट लिए ।

सोमपालले ६१ रनको शानदार पारी खेल्दा कप्तान पारसले पनि ५१ रनको अर्धशतकीय पारी खेलेर नेपाललाई मजबुत अवस्थामा पुर्याएका थिए । नेपालका जितमा ब्याटिङतर्फ सोमपाल कामी र कप्तान पारस खड्काले प्रभावशाली प्रदर्शन गरे ।

  • १८ श्रावण २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !