काठमाडौं । देशकै एकमात्र निर्माणाधिन कलंकीस्थित अण्डरपास लगातारको वर्षाको कारण संचालनमा अवरोध पुगेको छ ।
असारको दोस्रो साता संचालनमा आउनुपर्ने सो अण्डरपास तोकिएको समयभन्दा दुई पटक सरेको छ ।
सडक पूर्वाधारका हिसाबले ऐतिहासिक मानिएको देशकै पहिलो अण्डरपास शुरु नहुँदा यात्रुले घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ।
पछिल्लो पटक नियमित वर्षा भइरहेकाले दुई दिन घाममा गर्नुपर्ने काम नसकिँदा सञ्चालनमा ल्याउन नसकिएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिए।
‘दुई दिन मात्र घाम लागे अलकत्रा हालेर त्यसमाथि केही गिट्टी छरेर ‘अण्डरपास’ सञ्चालनमा आउने थियो, मौसम बदली भइरहेकाले दुई दिनको काम रोकिएकाले सञ्चालनमा ल्याउन सकिएन‘, उनले भने। चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माण भएको हो।