जुडो टिमको भव्य स्वागतः २ स्वर्ण पदकसहित सन्तोषजनक प्रर्दशन

आजभोलि

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल जुडो संघले स्वागत गरेको छ । अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो । प्रतियोगितामा नेपाल समग्रमा तेश्रो भयो ।

आयोजक थाइल्यान्ड ७ स्वर्णसाथ टिम च्याम्पियन बन्यो भने जापान २ स्वर्ण र ३ रजतसाथ तेश्रो स्थानमा रह्यो । प्रतियोगितामा १४ राष्ट्रका १ सय पुरुष र ६९ महिला खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले स्वागत गरेका थिए ।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए । १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे । उनले थाइल्यान्डका २ तथा युएई र जापानका खेलाडीलाई हराए । ११ खेलाडी सहभागी महिला ५७ केजीमुनि मनीताले भियतनाम, सिंगापुर, मलेसिया र थाइल्यान्डका खेलाडीलाई हराइन् ।

महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितिन् । पुनमले लाउसकी खेलाडीलाई पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । फाइनलमा पुनम थाइल्यान्डकी खेलाडीसंग चुकिन् । त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । गत संस्करणमा नेपालले उक्त प्रतियोगितामा २ कांस्य जितेको थियो । इन्द्र र उमेश मगरले कांस्य हात पारेका थिए ।

  • २२ श्रावण २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !