बझाङ । लगातारको वर्षाले सडकमा पहिरो खस्दा आइतवार रातिदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । बैतडीको सिगास गाउँपालिका अन्तरगतत श्रीभावरमा पहिरो खस्दा सडक बन्द भएको । ढोलेको मोडमा र श्रीभावर भन्दा अगाडिको जंगलमा पहिरो गएको स्थानीय व्यापारीले जाकारी दिए ।
बझाङ जोड्ने एक मात्र लोकमार्ग भएकोले आवाजावत नै बन्द भएको छ । महेन्द्रनगर, धनगढी, काठमाडौं लगायतबाट बझाङका लागि हिडेका बसहरु बाटोमै रोकिउका कारण यात्रुले कठीनाई भागेको बताइएको छ ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेको छ
file photo