पन्त हत्याको आरोपी पक्राउसँगै कञ्चनपुर तनाबग्रस्तः प्रर्दशनकारीमाथि अश्रुग्याँस प्रहार

आजभोलि

महेन्द्रनगर । निर्मला पन्तको हत्याको विषयलाई भएको आन्दोलनमाथि अश्रुग्याँस प्रहार गरिएको छ । जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रर्दशनमा आधा दर्जन भन्दा बढी अश्रुग्याँस प्रहार गरिएको आन्दोलनकारीले जनाएका छ । प्रहरीदे बल प्रयोग गर्दा आन्दोलनकारीहरु घाइते भएको जनाएको छ ।

प्रहरीले पाँच जना भन्दा बढी आन्दोलनकारी पक्राउ गरेको जनाएको छ । सोमबार पन्तको हत्यारा सार्वजनिक गरेपछि परिवार तथा आफन्त बिरोधमा उत्रिएका हुन् । उनीहरुले वास्तविक दोषीलाई नभएर मानसिक अवस्था विग्रेको मानिसलाई पक्राउ गरिएको भन्दै आन्दोलन गरेको जनाएका छन् । उनीहरुले प्रहरीले घटनालाई ढाकछोप गर्न खोजेको आरोप समेत लगाएका छन् ।

प्रहरीले बालिकाको हत्यामा संलग्न भएको आरोपमा सोमवार साँझ अवेर भीमदत्तनगरपालीका २ उल्टाखाम खन्ना चौराहका ४१ बर्षिय दिलिप सिंह बिष्टलाई सार्वजनिक गरेको थियो । स्थानीय बासिन्दाले सक्कली हत्यारको खोजी गर्न माग गर्दै महेन्द्रनगर बजार बन्द गरेका छन् ।

महिला अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय अगाडी तीन दिन देखि रिले अनशनमा बसेका छन् ।

महेन्द्रनगरबाट चल्ने लामो तथा छोटोदूरीका सबै यातायातका साधानहरु चलेका छैनन् । बजार तथा राजमार्गमा प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ । प्रहरीका अनुसार कुनै क्षति नहोस भन्नका लागि प्रहरी परिचालन गरेको जनाएको हो ।

File Photo

  • ५ भाद्र २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !