साइनाले हात पारिन् ‘मिस टुरिज्म वर्ल्डवाइड नेपाल’

आजभोलि

काठमाडौं । काठमाडौंमा भएको मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौं न्याथम कलेजकी साइना कुवारले हात पारेकी छिन् । उक्त प्रतियोगिता परेली मिडियाले राजधानीको राष्ट्रिय नाचघर,जमलमा आयोजना गरेको हो । कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज संगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् ।

त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुल को पनि अवार्डु हात पारेकी हुन् ।

यस्तैगरी थर्ड रनरअप पुनम घिमिरे भइन् भने उनले मिस डिसिप्लीन अवार्ड पनि जित्न सफल भइन । विधागततर्फ भने समिक्षा रेग्मीले ‘मिस हार्ड वर्किङ’ को उपाधी हात पारीन् । सोनिका ताम्राकारले मिस पपुलर, जेशिका रावलले मिस सोसियल पोल्टामा पार्दा सरिना नापितले मिस पर्सनालिटी अवार्ड हात पारीन् ।

त्यस्तै बेस्ट पर्फर्मेन्स मोनिका न्यौपाने, बेस्ट स्पीच र बेस्ट स्टुडेन्ट अवार्ड प्रतिभा पन्थी ले जित्न सफल भइन भने रविना श्रेष्ठले बेस्ट वाक, सन्ध्या भट्टराईले बेस्ट स्माइल, सन्ध्या महर्जन मिस फोटोजेनिक, मिस पङ्चुवालिटि अलिजा सेढाई र मिस इन्टेलिजेन्ट सिम्रोन बास्तोला घोषित भइन । कार्यक्रमको निर्णायकमा चर्चित गायक आनन्द कार्की वरिष्ठ सौन्दर्यविद सिता न्यौपाने पाठक,संचारकर्मी तथा समाजसेवी किशोर भट्राई तथा संगितकार रोशन भट्राई रहेका थिए ।

प्रतियोगितामा विजेता साइना कुँवरले मिस टुरिज्म नेपाल २०१८’ कोे ताज र उपाधि सहित नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर र इन्डोनेशियामा हुने बिश्वब्यापी पर्यटन र संस्कृति प्रवर्द्धन सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन ।

सिङ्गापुरको लुमिनी ईन्टरनेशनल संगको सहकार्य संगै नेपाल पर्यटन बोर्डको सहयतामा देशको संस्कृति तथा पर्यटन अन्तरास्ट्रिय स्तरमा प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको प्रतियोगितामा अन्तिम १५ प्रतिस्पर्धी छनौट गरिएको थियो । पर्यटन प्रवद्र्धनको निमित्त यस प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा परेली मिडियाका अध्यक्ष बर्षा कार्कीले जानकारी दिनुभयो ।

  • ६ भाद्र २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !