महेन्द्रनगरमा कर्फ्यु हटेन : सुदूरपश्चिमका पहाडी जिल्लामा पनि आन्दोलन चर्कदै

आजभोलि

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा जारी गरेको कर्फ्यु आदेश शनिवार पनि हटाइएको छैन् । सुशान महेन्द्रनगरबजार बिहानैबाट आन्दोलित भएको छ । शुक्रवार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि अवस्था गम्भिर बन्दै गइरहेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले भीमदत्त नगरपालिका क्षेत्रमा जारी गरिएको कर्फ्यु यथावथ रहेको जानकारी दिए । प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका १८ निम्बुखेडाका १८ वर्षिय शन्नी खानको मृत्यु भएपछि प्रशासनले कफ्यु आदेश जारी गरेको हो ।

महेन्द्रनगरबाट शुरु भएको आन्दोलन सुदूरपश्चिमका पहाडी जिल्लामा शुरु भएको छ । डोटी, बैतडी, डडेल्धुरा लगातका स्थानमा प्रर्दशन भइरहेको छ । डोटीमा बिहानैबाट आन्दोलन शुरु भएको गणेश खडेकाले जनाएका छन् । ठूलो उपस्थिति रहेको बिरोध कार्यक्रम हत्यारालाई पक्राउ गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको खड्काले जनाए ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !