समृद्ध नेपाल, सुखी नेपालीका लागि सरकारले सही बाटो समाएको छ : प्रम ओली

आजभोलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तीका लागि सरकारले सही बाटो समाएको बताउनुभएको छ । आज खरिपाटीमा मदन भण्डारी शिक्षालयको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको समृद्धिका लागि जननेता मदन भण्डारीले अघि सारेका बिचार सान्दर्भिक भएकोले सरकार अहिले पनि त्यही आदर्शलाइ आत्मसात गरेर सरकार अघि बढीरहेको बताउनुभएको छ । “सरकार केवल राजनीतिक लक्ष्यमात्र निर्धारण गरेर मात्र समुन्नत समाज,साँस्कृतिक मर्यादाहरुलाई समेत समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले छिमेकी देशहरुसँग निकट,बराबरीको हैसियत र एउटा सार्वभौम राष्ट्रका रुपमा सम्बन्धि विकास गर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । प्रधानमन्त्ती ओलीले जननतो भण्डारीले नेपालमा छुट्टै प्रकारको सामाजिक आन्दोलन स्थापित गरेको बताउनुभएको छ । “मदन भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउनुभयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले स्वतन्त्रता,समानता र सामाजिक न्याय स्थापित गर्ने कुरामा ठुलो सहयोग गरेको छ । ”

भक्तपुरको खरिपाटी स्थित विद्यतु प्राधिकरणको कार्यलयमा सुरु भएको नेपालमा माक्र्सवाद सृजनात्मक प्रयोग बिषयमा सुरु भएको कार्यशालमा नेपाल सहित ब्राजिल, दक्षिण अफ्रिका, ट्युनिसीया, फलिपिन्स, पूर्वी टिमोर, थाइलेण्ड, बंगालादेश, पाकिस्तान, श्रीलंका र तान्जानियाका ५० जना सहभागीहरुलाई तीन हप्ताको प्रशिक्षण सञ्चालन हुनेछ ।

  • ९ भाद्र २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !