काठमाडौं । अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना भएको छ । गोरखाबाट काठमाडौं आउने क्रममा उक्त दुर्घटना भएको हो । उक्त हेलिकोप्टरमा सात जना सरवार रहेको जनाइएको छ ।
हेलिकोप्टरमा ५ जना नेपाली र १ जना जापानी नागरिक भएको श्रोतले जनाएको छ । जसमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् ।
घटनास्थलतर्फ प्रहरी तथा अन्य संयन्त्र परिचालन भइसकेको धादिङ प्रशासनले जनाएको छ । तर घटनास्थलको अवस्था भने अज्ञातरहेको जनाए ।
File Photo